नरपानीका अति विपन्न परिवारमा लागि जगत अमराईका विश्वमणि दमासेद्वारा ४५ हजार आर्थिक सहयोग


प्रेम नारायण आचार्य
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिका वडा नम्वर–६ नरपानीका अति विपन्न परिवारमा राहात वितरणका लागि जगत अमराईका विश्वमणि दमासेले ४५ हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।
नरपानीको जगात अमराई घर भइ हाल काठमाण्डौमा बस्दै आउनु भएका दमासेले स्वर्गिय वुवा नारायण दमासे, स्वर्गिय भाई र छोरीको नाममा राहात प्रदान गर्न वडा कार्यलायलाई ४५ हजार आर्थिक सहयोग गरेको वडा अध्यक्ष कृष्णवहादुर आचार्यले बताउनु भयो ।
वडा कार्यलयको मातहतमा उक्त रकमबाट विश्वमणिका दाजु दिपक दमासेले ४५ जना अति विपन्न मजदुरी गरेर खाने परिवारलाई राहात वितरण गर्नु भएको हो ।

अन्य समाचारहरु