सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न स्थापना गरिएको सन्धिखर्क नगरपालिकाकाे राहत कोषको लागि प्रभु बैंक लि. सन्धिखर्क शाखाले आर्थिक सहयोग गरेको छ ।
प्रभु बैंक लि. सन्धिखर्क शाखा, अर्घाखाँचीले काेराेना राेकथाम,नियन्त्रण तथा राहतकाे लागि सन्धिखर्क नगरपालिकाकाे बिपद ब्यबस्थापन काेषमा रू. ५०,०००/- प्रदान गरेकाे हो ।
प्रभु बैंकलाई सन्धिखर्क नगरपालिकाकाे तर्फ बाट प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवालीले धन्यवाद दिनु भएको थियो ।