सन्धिखर्कको बेलबाटीका क्वारेन्टाइनमा बस्नेहरु निक्कै खुशी, “वाईफाई, खानपिन, अलग शौचालय, समय समयमा स्वास्थ्य परिक्षण सबैको व्यवस्था”


शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  २८ चैत ।  देशैभरी क्वारेन्टाइनमा बस्नेहरुले गुनासो गरिरहँदा अर्घाखाँची जिल्लाको  सन्धिखर्कको बेलबाटीकामा बस्नेहरु निक्कै खुशी छन् ।
निजि तथा आबासिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन)को अगुवाइमा संचालित क्वारेन्टाइनमा पाएको सेवा र सहयोग लाई लिएर उनिहरुले प्रसन्नता प्रकट गरेका हुन् ।
निजि बिद्यालयमा संचालित जिल्लाको एकमात्रण आईसोलेसन सहितको क्वारेन्टाइन साँच्चिकै हेर्न लायक छ । क्वारेन्टाइनको एउटा कोठामा एकजना मात्र बस्ने व्यवस्था मिलाईनुका साथै अलग अलग शौचालयको समेत प्रबन्ध गरिएको छ ।
हालको निम्ति १८ जना सम्म बस्ने व्यवस्था गरिएको यहाँको क्वारेन्टाइनमा ४० जना सम्म राख्ने तयारी गरिएको छ । क्वारेन्टाइनमा बस्नेहरुको निम्ति वाईफाईको सहज व्यबस्थापनका साथै समय समयमा चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षणको समेत  गर्ने गरिन्छ ।
क्वारेन्टाइनमा बस्नेहरुका निम्ति मनोबल उच्च बनाउने किसिमका गतिविधिहरु संचालन गर्नुका साथै स्वस्थ्यकर र पौष्टिक खानेकुरामा जोड दिएको विद्यालयका प्रिन्सिपल श्रीकृष्ण भुसालले बताए ।
उनले बिहान खाजा,खाना,दिउँसो खाजा,साँझ खाना खुवाउनुका साथै ईम्युनिटीपावर बढाउनको निम्ति मासु,अण्डा,दूध,कागती लगायतका खानेकुरा समय समयमा खुवाउने गरेको बताए ।
क्वारेन्टाइनमा आउँदा अधिकाम्स मानिस भयभित त तनावग्रस्त देखिए पनि घर फर्कदा भने निक्कै खुसि र सन्तुष्ट भएर जानेगरेको बताए ।
विद्याय वरिपरिको शान्त र मनोरम वातावरण ,भान्से तथा सहयोगीहरुको आत्मिय भावना,बिद्यालयका प्रिन्सिपल ,जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कपिल गौतम ,वडा अध्यक्ष तथा सदस्यहरुको रेखदेख तथा सुरक्षा कर्मिहरुको रातदिनको पहरा आफुहरुको निम्ति सधैब अबिस्मरणिय हुने उनिहरुको भनाइ छ ।
क्वारेन्टाइनमा अझै त्यो पनि बिद्यालयमा बस्नुपर्छ भन्दा निक्कै दुखि भएको थिएँ । यहाँ बस्दा स‍चेभन्दा निक्कै फरक व्यबहार पाएँ । हालै खाडी मुलुक बाट फर्किएका एकजना संभावित संक्रमितले बताए । उनले आफ्नो घरको भन्दा पनि यहाँको वातावरण धेरै राम्रो र अनुकुल भएको बताए ।

अन्य समाचारहरु