लकडाउनमा मौका छोपी शितगंगाको सिद्धारा-खयरभट्टीबाट काठ चोरी तस्करी

प्रेमनारायण आचार्य
सिद्धारा, अर्घाखाँची ।  अर्घाखाँचीको शितगंगा नगरपालिका ११ सिद्धाराको खयरभट्टीमा काठ चोरी तस्करी बढेको छ । लकडाउनमा मानिस घरभित्रै बसेको मौका छोपी कपिलवस्तुसंग सीमाना जोडिएको क्षेत्रमा तस्करले काठ चोरी गरेका हुन् । 
विश्वमा फैलिएको कोराना महामारीबाट बच्न सरकारले लकडाउन गरेको समयमा खयरभट्टीमा नेपाल सरकारको जनहितमा जारी निर्देशनलाई अवज्ञा गर्दै लुकिछिपी वन विनास र तस्करी बढेको हो । 
लुकीछिपी काठको तस्करी बढेपछि वन कार्यलयले वन गस्ती सुरु गरेको छ । गस्ती गर्दा झण्डै सातवटा ठूला सालका रुख काटेर चोरी भएको भेटिएको डिभिजन वन कार्यलय अर्घाखाँचीका प्रमुख शिव शर्माले बताए । 
झडै डेढ लाख मूल्यको काठ चोरी भएको छ । स्थानीय सामुदायिक वन उपभोक्ता समिति र आफ्नो मातहतका कर्मचारीलाई राम्रोसँग हेरविचार गर्न समेत आग्रह गरेको डिभीजन बन प्रमुख शर्माको भनाई छ । 

अन्य समाचारहरु