शितगंगा नगरपालिकाका सबै १४ वटाहरुमा भोलीबाट राहत बितरण गरिदै (वितरण गरिने स्थान, समय सहित)


अराज वेल्वासे
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) चैत २८ । शितगंगा नगरपालिकाले कोरोनाको संक्रमण फैलिन नदिन गरेकोे लकडाउनको समयमा दौनिक ज्यालादारी गरि खानेहरु तथा अति विपन्नहरुलाई नगरपालिकाले राहत बितरण सुरु गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिनु भयो ।
राहत सामाग्री खरिद,बितरण तथा अनुगमन समिती संयोजक टीका रेस्मीले नेपाल सरकारले तोकेको मापडण्ड अनुसार तथा समितिको बैठकले गरेको बिधि अनुसार राहत बितरण गर्न लागिएको जानकारी दिनु भयो ।
यसै अनुरुप पहिलो दिन सनिबार वडा नम्बर २,३ र ४ मा राहत बितरण गर्न लागिएको नगर उपप्रमुख तथा राहत सामाग्री खरिद,बितरण तथा अनुगमन समिती संयोजक टिका रेस्मिले जानकारी दिनु भयो । सनिबार वडा नम्बर २ को सरस्ति माबिमा बितरण गरिने छ । 
यस्तै वडा नम्बर ३ को दह प्राबि र दक्सुपाटा प्राबिमा बितरण हुनेछ यस्तै वडा नम्बर ४को बसर्पाक सानादह र बाणगंगा प्राबि भेडामारा बाट राहत बितरण गरिने छ । तोकिएको मापडण्ड अनुसार २५ केजि चावल , ३ केजी दाल २ प्याकेट नुन, २ लिटर तेल बितरण गरिने छ । 

अन्य समाचारहरु