गोपाल भट्टराई
सन्धिखर्क, अर्घाखाँची चैत २८, २०७६ शुक्रबा। नेकपा मसाल निकट अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनले यातायातका क्षेत्रमा काम गर्ने मजदुरलाई पनि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गर्न सरकारसंग माग गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले मुलुकभर लकडाउन गरिरहेको परिप्रेक्ष्यमा जोखिम मोलेर फिल्डमा खट्ने यातायात मजदुरलाई पनि पिपिइ,सर्जिकल्स माक्स लगायत स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउनुपर्ने उसको माग रहेको छ ।
राजमो निकट यातायात मजदुर युनियनका केन्द्रिय अध्यक्ष गोविन्द वि.सी.ले एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मी,सुरक्षाकर्मी जस्तै अग्रपङतीमा रहेर कोरोना नियन्त्रणमा खट्ने एम्बुलेन्स चालक देखी अन्य गाडिका मजदुरहरुलाई पनि अतिरिक्त भत्ता,सेवा सुविधा र स्वास्थ्य बिमा संगै सुरक्षाका सामाग्री उपलब्ध गराइ उनिहरुलाई हौसला दिनुपर्ने बताउनु भएको छ ।
बिशम् यस घडिमा सरकार,डाक्टर र विज्ञले दिएका निर्देशनलाई पूर्ण पालना गरि संक्रमणबाट सबै बँच्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । अध्यक्ष वि.सी.ले दैनिक ज्याला मजदुरी गरि छाक टार्नेहरुको अवस्था नाजुक भएकोले राहत बितरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।