सन्धिखर्कको हटारीनेटा क्वारेण्टाइनमा रहेका ७ जनाको नेगटिभ आयो

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ हटारीनेटा क्वारेण्टाइनमा रहेका ११ जना मध्ये ७ जनाको  तीव्र परीक्षण (र्‍यापिड टेस्ट) नेगटिभ आएको छ । 
नेगटिभ आएका ७ जनालाई थप एक हप्ता घरमा सेल्फ क्वारेण्टाइनमा बस्ने गरी घरमा पठाएको वार्ड नम्बर १ का काबा अध्यक्ष लक्ष्मण पराजुलीले अर्घाखाँचीडट्कमलाई जानकारी दिनु भयो । 
कोरोना भाइरस अर्थात (कोभिड १९) को परीक्षण गर्न अर्घाखाँची जिल्लामा पनि तीव्र परीक्षण (र्‍यापिड टेस्ट) शुरु भएको छ।
प्रदेश सरकार मार्फत ६० थान तीव्र परीक्षण (र्‍यापिड टेस्ट) जिल्लामा आएका थिए ।  
क्वारेन्टाइनमा १४ दिन बिताइसकेकाहरुलाई र्‍यापिड किटबाट टेस्ट गरिएको छ । यो टेस्ट पोजेटिभ आएमा बल्ल स्वाबको लागि बुटवल रिफर गरिनेछ । नेगेटिभ आएमा घर पठाइने छ र ७ दिन घरमै होम क्वारेण्टाइनमा राखिने छ ।
यस्तै भूमिकास्थानमा १० जना र पाणिनीका ३ जनालाई यो टेष्ट गरिरहेको छ । रिजल्ट आउन बाँकी छ। 
मालारानीका १० जनाको १४ दिन नपुगेकोले तत्काल नगरिने भएको छ । अर्घाखाँचीमा आजसम्म क्वारेण्टाइन बेड सँख्या ४५२ छन् ।  आइसोलेसन कक्ष १२ छन् । यस्तै ३४ जना क्वारेण्टाइनमा छन् । ८ जनाको नमुना परिक्षण नेगेटिभ आएको छ । अन्य अवस्था सामान्य रहेको छ  ।  

अन्य समाचारहरु