काठमाडौंमा अलपत्र परेका र बिपन्न बर्गका विद्यार्थीलाई सहयोग गर्दै अर्घाखाँचीका सचिन पाण्डे

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । अर्घाखाँची जन्मभुमि भई लामो समय देखि काठमाडौं लाई कर्म थलो बनाउदै आएका सामाजिक अभियान्ता सचिन पाण्डे संकटका बेलामा पनि सामाजिक काममै व्यस्त रहेका छन्।
लकडाउनको समयमा काठमाडौंमा अलपत्र परेका र दैनिकी चलाउन नसकेका अर्घाखाँची लगाएत सबै ठाउका विद्यार्थी मजदुर बिपन्न बर्ग सबैलाई सहयोग गर्दै आई रहेका छन ।
आज उनले लामो समय लकडाउन भएर मानिसको आबाज/जाबत रोकिए पछि स्वयम्भूमा भोकै रहेका आबाज बिहिन बादर लाई केरा, खरभुजा र कुकुरलाई बिस्कुट खुबाएका छन्।
स्वयम्भू टापुमा पुगेका पाण्डेलाई स्वयम्भू बिकास संरक्षण समितिले धन्यवाद सम्म दिएका छन्।
यस्तन काम गर्न देशबिदेश बाट धेरै जनाले साथ सहयोग हौसला दि रहेका छन् भने बेलायत मा बस्नुहुने महान समाजसेवी ईशा गुरुङले उन्लाइ आर्थिक सहयोग नै गरेकी छन्।
पाण्डे यस अघि पनि निरन्तर सामाजिक कार्यमै ब्यस्त थिए, भने उनले यो बिपत्तिमा काठमाडौंमा कोहि भोकै बस्नु पर्ने अबस्था आए आफुलाइ सम्पर्क गर्न पनि भनी अनुरोध समेत गरेका छन्।