सुर्य भुसाल
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले एसईई परिक्षा दिने तैयारीमा रहेका बिधार्थीहरुलाई लक्षित गरि स्थानिय टेलिभिजनबाट ट्युसन कक्षा नयाँ बर्षबाट सुरु गर्ने निर्यण सहित कार्यनयन गर्ने भएको छ ।
कोरोना भाइरसका कारण लकडाउनले गर्दा माध्यमिक शिक्षा परीक्षा एसईई परिक्षा दिन नपाएका विद्यार्थीहरुलाई बैसाख १ गते देखि स्थानीय छत्रदेव टेलिभिजनबाट बेलुका ७ बजे देखी टिउसन कक्षा संचालन गर्ने निर्यण सहित सम्पूर्ण तैयारी पुरा गरेको गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनु भयो ।
परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुले लकडान लामो अबधि भएकाले पढेका कुराहरु बिर्सन सक्ने भन्दै गाउँपालिकाले पुनर्ताजकीको लागी कक्षा संचालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रसाकिय अधिकृत खिमान्द भुसाले बताउनु भयो ।
गाउँपालिकाले सुरु गरेको सो अभियानमा सम्पुर्ण एसईई परीक्षा दिनको लागी तयारीमा रहेका विधार्थीलाई टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा हेरेर कक्षा लिन विधार्थीलाई आग्रह गरीएको अध्यक्ष लेखनाथ पोख्रेलको भनाइ छ ।
यो कक्षा अर्घाखाँचीमा पहिलोपटक छत्रदेव गाउँपालिकाले गर्न सुरु गरेकोले सहकार्य गर्नको लागी बिधार्थिका अभिवाकलाई सघाउन आग्रह गरीएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको भनाइ छ । गाउँपालिकाले यस्तो नयाँ शैक्षिक योजना बनाएपछि पालिकामा रहेका एस ईई परिक्षा दिने बिधार्थी अभिवाक हर्सित भएका छन ।