हाम्रो समाजमा महिलाहरु घरकै काममा व्यस्त हुन्छन् । महिलाहरुलाई घर भित्र श्रीमान , बालबच्चा , सासुसुसुराको स्याहारसुसारमा नै समय व्यवस्थापन गनुपर्ने बाध्यता हुन्छ । ग्रमिण तथा शहरी क्षेत्रका प्रयजसो महिलाहरुको दिनचार्य नै परिवारको रेखदेख गर्ने हुन्छ । अपवादको रुपमा केही औलामा गन्न सकिने महिलाहरु मात्र घर भन्दा बाहिर निस्की सामाजिक उत्तरदायीत्वका कार्य गरेको देख्न सकिन्छ तर ति महिलाहरुलाई घरबाट बाहिर निस्केर सामाजिक जिम्मेवारी बहन गर्न त्यति सहज छैन । हाम्रो समाजको पितृसतात्मक सोचका कारण महिलाहरु स्वस्फूर्तरुपमा परिवार र समाजको परिधि नाघि बाहिर आउन नसकेको अवस्था हो । समय परिवर्तनसिल छ । विगत देखी घरको चुलोचौकोमा सिमित रहने महिला आज सामाजिक कार्यको लागि दौड धुप गरिरहहेका छन् ।
जिम्मेवारीको पनि आ—आफनै परिधि हुन्छन् क्षमता अनुसारको जिम्मेवारी बहन गरिरहेका छन् । समयक्रम अनुसार महिलाहरु आफनो हकअधिकारको निम्ति अगाडी बढि सकेकाछन् । महिलाहरु पनि यसै समाजका अभिन्न अंग हुन् । उनीहरुले पनि आफना अधिकारको निम्ति आवाज उठाउन सक्छन् । लैंगिक हिंसा र लैंगिक विभेद अन्त्यको लागि पहलकदमी गरेका कयौ उदाहरण हाम्रा सामुछन् लैंगिक समानताका लागि महिलाहरुले खेलेको भुमिका प्रशंसायोग्य छ । महिला अधिकारकर्मीहरुको निरन्तर प्रयासका बाबजुद लैंगिक समानता सम्बन्धि थुप्रै ऐन नियमहरु बनेका छन् । ऐन नियमहरु ह्ुदा हुदै पनि कतिपय अवस्थामा ति एैन नियमहरु कार्यान्वय हुन सकेका छैनन् । लैंगिक समानताका विषयमा जोडदार रुपमा आवाज उठाउने समाजका मथिल्लो वर्ग पनि कार्यान्वयनको पक्षमा चुकेको देखिन्छ । निति नियम बनाउन जति सजिलो छ त्यसलाई व्यवहारमा लागु गर्न कठिन छ । यस विषयमा व्यापक विचारविमर्ष हुन जरुरी छ । निति नियम सबैलाई समान हुनुपर्नेमा त्यसमा पनि विभेद हुने गरेको छ । यस विषयमा सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ ।
विगतका दिनहरुमा महिला आर्थिक ,समाजिक ,साँस्कृतिक धार्मिक , अधिकारबाट बन्चित थिए । सामाजिक उत्तरदायीत्वका कामहरुको जिम्मेवारी महिलाहरुलाई दिइदैनथ्यो । समाजिक विभेदका विरुद्ध महिलाहरु संगठितहुदै आफनो अधिकारको पक्षमा निरन्तर संघर्ष गरेको परिणाम आज महिला आर्थिक ,समाजिक ,साँस्कृतिक धार्मिक , अधिकारको लडाईमा सफल भएका छन् । विगतमा गरेको संघर्षको परिणाम आज महिलाले मुलुक हाँक्दै राज्यका प्रमुख जिम्मेवार पदमा रहि सफलता पूर्वक कार्य गदै आईरहेका छन् । मुलुक आजभोली विश्वब्यापी संकटको रुपमा देखिएको कोरोना भाईरस (नोभेले कोविड १९) को कारण नागरिकको जनजिवन प्रभावित बनेको छ । सरकारले आफना नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै देश व्यापि रुपमा लकडाउन गरेको छ । लकडाउनको समयमा प्रत्यक्ष असरमा महिला परेका छन् । लकडाउनकै समयमा महिला हिंसाका घटनाहरु घटिरहेका छन्। घरेलु हिंसाका कारण महिलाहरु तनाबमा बस्ने गरेको स्थिति छ । लकडाउनको अवधिमा घर परिवारका सम्पूर्ण सदस्यहरुको जिम्मेवार महिलाहरुले पुरा गनुपरेको छ तर पनि परिवारबाट महिलाहरु पिडित भैरहेका छन् । यही लकडाउनको अवधिमा विभिन्न खाले महिला हिंसाका घटनाहरु घटिरहेका छन् । जस्तै दाङ्ग जिल्लामा परिवारीक बेमेल र झगडाका कारण महिलालाई घर निकाला , मानसिक यातना , हत्या, आत्महत्या र यौन हिंसा हुने गरेका समाचारहरु आईरहेका छन् । किन महिला माथी हिंसा हुने गर्छ ? यो गहन अध्यायनको विषय हुनुपर्छ । एक महिला जो आमा,छोरी ,श्रीमति , बुहारी समाजिक जिम्मेवारीमा रहि आफनो कर्तव्य वहन गर्दा गदैं पनि हिंसामा पर्नु कति न्यायोचिक्त हो । यो विषयमा सरोकारवाला निकायको ध्यान कहिले पुग्ने । कोरोना भाइृरस हाम्रो जस्ता देशको लागि विकराल बन्ने सम्भावना प्रवल छ । यो लकडाउनको अविधि लम्बिन सक्ने संकेत सरकारले गरेको छ यो अवधिमा पनि महिलाहरु हिंसामा पर्ने संभावना धेरै रहन्छ ।
यस विषयमा महिलाहरु सचेत र चनाखो हुन जरुरी छ । हिजोका दिन सम्म रोजगारका लागि घर बाहिर निस्कने परिवारका सदस्यहरु अहिले घर भित्रै बस्न बाध्य छन् । घरमा महिलाले गर्ने दैनिक क्रियाकलापमा परिवारका सदस्यहरुले चित्त नबुझाउने र सोही कार्यलाई आधार बनाई महिला माथी हिंसा भएका समाचाहरु आईरहेका छन् । यस विषयम सरोकारवाला निकायको ध्यान पुग्न जरुरी छ । कोरोना भाईरसका कारण विश्वका शक्तिशालि र धनी राष्ट्रहरु पनि आक्रान्त बनिरहेका छन् । विश्व मानबजगतलाई नै यस महामारीले त्राहित्राहि बनाएको छ । यस भाईरसबाट कुनै पनि नेपाली नागरिकले अनायासै मृत्युवरण गर्न नपरोस भन्ने कामना गर्नेहरुमा पनि महिलाहरु नै अगाडी छन् । अहिलेको लकडाउनको समयमा महिलाहरुको जिम्मेवारी पहिलेको तुलनामा थप भएको सहजै अनुमान गर्न सकिन्छ । यस्तो विषम परिस्थितिमा पनि महिलाले आफनो घर, परिवारको लागि भन्दै समयको व्यवस्थापन गरिरहेको अवस्थामा हिंसाका घटना घट्नु आफैमा दुखद पक्ष हो । श्रृष्टी निर्माणकर्ता महिलाको सम्मान गर्ने परिपाटिको विकाश गरौं महिलालाई हिंसा होईन सम्मान गर्न सिकौं ।