शितागंगा नगरपालिकाकाे राहत कोषमा अहिलेसम्म ७ लाख ५९ हजार १ सय रुपैया जम्मा

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न स्थापना गरिएको अर्घाखाँची जिल्लाको  शितागंगा नगरपालिकाकाे राहत कोषमा अहिलेसम्म ७ लाख ५९ हजार १ सय रुपैया जम्मा भएको छ । 
शितागंगा नगरपालिकाले डट्कमलाई जानकारी गराए अनुसार राहत कोषको अहिलेसम्म ७ लाख ५९ हजार १ सय रुपैया जम्मा भएको हो । जसमा बाहिरबाट ४ लाख ७३ हजार १ सय रुपैया जम्मा भएको छ । भने शितागंगा नगरपालिकाका कर्मचारी र नगर तथा वार्ड प्रतिनिधिबाट २ लाख ८६ हजार रुपैया जम्मा भएको छ । 

अन्य समाचारहरु