हरि कुँवर
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च (Iaco) ले अर्घाखाँची जिल्लाको मालारानी – ५ साविक को बाँगीमा आर्थिक अवस्था विपन्न रहेका कुँवर परिवार लाई दस हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
विश्व नइ कोरोना भाइरस सङ्ग आतंकित भइरहेको बेला कोरोनाको महामारी नियन्त्रणका लागी नेपाल सरकारले लकडाउन गरे संगै जुनसुकै परिस्थितिमा पनि धैर्यता र हाेसियारि राख्दै समझदारि अनि विचलित नहुन अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च (Iaco) का अध्यक्ष रन्जीत कुमार क्षेत्री ले अर्घाखाँची बासी लाई आग्रह गर्नु भयो तथा वैदेशिक रोजगारमा जानू भएका अर्घाखाँचीका समाज सेवि, संघ संस्था लाई सयोग गर्न समेत अपिल गर्दै अर्घाखाँचीमा आर्थिक अवस्था न्यूनभएका विपन्न छ परिवार लाई पचासहजार बराबरको सयोग गर्ने बताउनु भयो आफु जिल्लाको सेवामा लागी पर्ने क्षेत्री ले प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
मालारानी गाउँपालिका -५ विवश को आमा सरिता कुँवर लाई मालारानी ५ का वडा अध्यक्ष शोभाखर भुसाल ले हस्तान्तरण गर्नु भएको थियो । उक्त नगद रकम पत्रकार नवीन केसी, स्थानीय गीता कुँवर को पनि उपस्थिति रहेको थियो । एकल छोरा विवशको भारतमा निधन भए पछि आर्थिक समस्या भइ रहेको छ ।
अध्यक्ष शोभाखर भुसालले अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच को प्रशंसा गर्दै सयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत दिनु भएको थियो । मलम लगाउने काम गरेको मा संस्था लाई कुँवर परिवार ले आभार प्रकट गरेको छ ।
अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च (IACO) संस्था को अध्यक्षमा रन्जीत कुमार क्षेत्री, महिला उपाध्यक्ष रिना आचार्य, उपाध्यक्ष छबिलाल गिरि,महासचिव दामोदर भुसाल, सचीव अनमोल राक्से मगर, कोषाध्यक्ष सुर्य थापा, सह – कोषाध्यक्ष मा हरि कुँवर , सदस्यहरुमा ईश्वर जङ्ग थापा छेत्री,सन्तोष के.सी,बसन्त खड्का,पशुपति श्रेष्ठ,संरक्षकमा राजु खड़का, गिरी राज खनाल,राम प्रसाद पराजुली,यसैगरी प्रमुख सल्लाहकार युबराज केसी सल्लाहकार सहयोगी बीसी, प्रेस सल्लाहकार हरि प्रसाद भुसाल, अम्बिका बेल्बासे श्रेस्ठ , ठाकुर प्रसाद आचार्य घनश्याम ज्ञवाली, कानुनी सल्लाहकार ज्वाला क्षेत्री लाई चयन गरेको थियो ।
विभिन्न देशमा रहने अर्घाखाँची बासीको साझा संस्था को रुपमा सन २०१२ मा स्थापना भएको संस्था अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क ले जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको हो ।