कैलालीमा थप एक महिला कोरोना संक्रमित भेटिएकी छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका १ भरुवाकी ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डा.प्रकाश तिमिल्सिनाले बताए ।
ती महिला परिवारसहित वीरगन्जबाट फर्किएको बुझिएको बताउँदै डा.तिमिल्सिनाले उनलाई एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए ।
कोरोना संक्रमित उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । उनी पहिलेदेखि नै दमको रोगी रहेकी थिइन् ।
ती महिलासंगै ५१ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।
यसअघि लम्की चुहानगरपालिका वडा नं. ९ स्थित सरस्वतीमाविमा रहेका २१ वर्षीय एक युवकमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।
उनी भारतको मुम्बइबाट नेपाल आएका थिए । नेपालमा यसअघि १२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । इमेजखबरमा समाचार छ ।