सुनसरीको हरिनगर गाउपालिका स्थित क्वारेन्टाइनमा रहेका ३४ जनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ ।
कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेको छ । भारत लगायतका अन्य मुलुकबाट आएकाको परीक्षणका क्रममा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरले जानकारी दिए ।
हरिनगर १ मा रहेको विजी अस्पतालको क्वारेनटाइनमा रहेका १५ जना र जामा मस्जिदमा रहेका १९ जना गरेर ३४ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
क्वारेटाइनमा रहेकाको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताए । रासस