-सुर्य प्रसाद भुसाल
बिहार, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वार्ड न १० अर्घा बिहारका युवा ब्यबसायी तथा नेपाली काङ्ग्रेस अर्घाखाँचीका आमन्त्रित जिल्ला सदस्य श्याम बहादुर कुवर सोभाले लकडाउनका बेला अति बिपतमा परेका नागरिकहरुलाई राहत प्रदान गर्न नेपाली काङ्ग्रेस अर्घाखाँची मार्फत ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नु भएको छ ।
गल्ला किराना ब्यापार ब्यबसाय गरेका कुवर अर्घाखाँचीका सरल र मिहिनेति ब्यबसायी हुन । दुखि पिडितको सेवा गर्न मन पराउने कुवरले बिभिन्न सामाजिक संघ – सस्थामा सहयोग गर्दै आएका छन ।
कुवरले अहिले लक डाउनका बेला बास्तबिक पिडित कोही भएमा तिनिहरुको पहिचान गरि आफुले खाध्यान्न सहयोग गर्ने कुवरले बताउनु हुन्छ ।
यस्ता खालका सहयोग गर्न पाउदा आफुलाई निकै खुसि लाग्ने उहाको भनाइ छ । काङ्ग्रेसका युवा नेता समेत रहेका कुवर जनताको पिर मर्का बुझ्ने स्थानिय नेताको रुपमा आफ्नो परिचय अगाडि बढाएका छन ।