शितागंगा नगरपालिकामा अलपत्र परेका २२ जना कामदारहरुलाई पठाइयो (तस्बिर सहित)
बैशाख ३ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड नम्बर -२ सितापुरमा अलपत्र परेका १७ जना कामदारहरुलाई बाँके जिल्लाको कोहलपुर पठाइएको छ । यस्तै गुल्मीमा मजदुरी गर्ने दाङ्गका ५ जनालाई पनि उद्धार गरिएको छ।
पाल्पा जिल्लाको रिडीदेखि पैदल गरी आएका १७ जना कामदारहरु सितापुरमा अलपत्र परेका थिए । १७ जना मध्ये ५ जना महिला थिए ।
शितागंगा नगरपालिकाले जानलाई उनिहरुलाई पास दिएको थियो । उनिहरुलाई सितगंगा नगरपालिकाकाबाट दाङ्ग र कोहलपुरको लागि लु १ ख ८१२८ नम्बरको बसमा राखी पठाइएको हो ।
उनिहरुलाई उद्दार गर्न शितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, उपप्रमुख टीका रेस्मी, प्रशासकिय अधिकृत अर्जुन गौतम लगायतको उपस्थिती थियो । उनिहरुलाई पठाउनु अघि शितगङ्गा नगरपालिकाको प्राङ्गणमा साबुन पानीले हात मुख धुवाई सर्जिकल माक्स, लगायत पिउने पानीको ब्यबस्थापन गरिएको थियो ।
१७ जना कामदारहरु सितापुरमा मंगलवार साँझ ८ बजे पैदल गरी आएका थिए । पाल्पा जिल्लाको रिडिमा झाेलङ्गे पुल बनाउने काममा लागेकाेमा ठेकेदारले बाटाे खर्च समेत नदिएपछि बिना पैसा बाटाे लागेका उनिहरुले बताएका थिए । यस्तै दाङ्गका ५ जना गुल्मी हुँदै शितागंगा नगरपालिकामा आएको थिए ।