मालारानी गाउँपालिकाको राहत कोषमा अहिलेसम्म ६,१४,८२० रुपैया जम्मा, ४२४ जनाको एआरआई स्वास्थ्य जाँच (पुरा विवरण सहित)

सुर्य भुसाल 
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको राहत कोषमा अहिलेसम्म ६ लाख १४ हजार ८ सय २० रुपैया जम्मा भएको छ । 
मालारानी गाउँपालिकाको राहत कोषमा विभिन्न व्यक्ति, संघ- संस्थाबाट अहिलेसम्म ६ लाख १४ हजार ८ सय २० रुपैया जम्मा भएको हो । यस्तै मालारानी गाउँपालिकामा अहिलेसम्म १२९ परिवारलाई २० किलोको दरले राहत वितरण गरेको छ ।   
यस्तै मालारानी गाउँपालिकाले अर्घाखाँचीडट्कमलाई बताए अनुसार यहाँ हाल  १० जना क्वारेन्टाइनमा रहेका छन् ।
साथै अहिलेसम्म ४२४ जनाको श्वास प्रस्वास सम्वन्धी (एआरआई) स्वास्थ्य जाँच भएको छ ।  
यस्तै मालारानी गाउँपालिकामा  भारत लगायत विदेशबाट अहिलेसम्म आउनेको संख्या २८३  पुगेको छ ।  
मालारानीमा अहिलेसम्म १३ ठाउँमा क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्म १४४ बेडको क्षमता रहेको छ ।