देशका विभिन्न स्थानबाट पैदल आएका सर्वसाधारणलाई पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले यातायातको व्यवस्था गरेर गन्तव्यसम्म पुर्याइदिएको छ ।
काठमाडौं, हेटौंडालगायतका स्थानबाट राजमार्ग हुँदै पश्चिमतर्फ हिँडेका २५० जना सर्वसाधारणहरुलाई बसबाट घर–घरसम्म पुर्याउने व्यवस्था गरेको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिए ।
प्रदेश नम्बर–५ सरकारले आफ्नो प्रदेशमा प्रवेश गर्ने पैदलयात्रीलाई खान, बस्न र गन्तव्यमा पुर्याइदिन दिएको निर्देशनानुसार उनीहरुलाई पठाइएको हो ।
पैदलै हिँडेकालाई भूताहास्थित राजामहात्मा पूर्णभद्र मावि पञ्चनगरमा खाने र बस्ने व्यवस्था मिलाइएको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्माले जानकारी दिए । इमेजखबरमा समाचार छ ।