नेपाल सरकारलाई खुला पत्र

                     
सम्माननिय प्रधानमन्त्री  ज्यु ,                                                  .       
  दुईतिहाईको मन्त्रीपरिषद गठन भएको दिन सबैभन्दा खुशी म भएको थिए जस्तो लाग्छ । पल्लो घरको टिभिबाट तपाई प्रधानमन्त्री भएको सुन्नसाथ मलाई लागेको थियो कि अब कोहिपनि नेपाली खान नपाएर भोकभोकै मर्ने छैनन् ।बसन्तपुर आसपासमा ठेलामा सामान ओसारपसार गरेर दैनिकी चलाउने म , काम नपाएको समयमा बसन्तपुरको चियापसल अगाडि ग्राहक कुरेर बस्दा तपाईको बारेमा थाहा पाएको हु मैले । तपाई त देशको समग्र अर्थराजनिती बुझेको मानिस ,चौध बर्ष जेल सजाए समेत ब्यतित गरेको ब्यक्ति , देशका गरिबदुखीहरुको वस्तुस्थिति बुझेको मानिस जुनबेला तपाई प्रधानमन्त्रीको सपथ खाइरहदा सबैभन्दा बढी खुसी दिउसो काम गरेर परिवार पाल्ने मानिस भएका थिए ।                            
प्रिय प्रधानमन्त्री  ज्यु ,                            
देशको समग्र अर्थतन्त्र बुझेको मानिस तपाई के कारणले काम गर्न सक्नुभएन त्यो बुझ्ने सामर्थ्य म सङ्ग त छैन तर तपाईका पछिल्ला गतिविधिहरु हेरेर पक्कैपनि म जस्ता गरिबदुखीहरु खुसी हुन सकेका छैनन् । तपाईले हामी जस्तो ब्यक्तीहरुलाइ प्राथमिकतामा राखेर कुनै योजना त ल्याउनु भएन त्यसको बाबजुथ पनि दिउसो काम गरेर रोगि आमालाई दमको औसधि र भर्खर सुत्केरी भएकी मेरि श्रीमतिलाइ ज्वानो किन्न सकेको थिए तर आज म कामबिहिन भएको छु ।नत बृद्ध आमालाई औसधि किन्न सकेको छु नत सुत्केरी श्रीमतिलाइ दुई छाक ख्वाउन नै सकेको छु ।त्यो दिन , जुन दिन तपाई प्रधानमन्त्री  हुदा हामी खुसी  भएका थियौ त्यसको विपरीत आज हामी त्यती नै दुखित भएका छौं । विभिन्न ठुला घरानाका ब्यापारीहरुको चौघेरोमा परि आजपनि हुनेखानेहरुसङगै तपाईको  आत्मियता बढेको छ ।सायद तपाई ,तपाईको घर र तपाईले चिन्ने सबै ब्यक्ति धनी भएर होला तपाईलाई आफ्नो देशमा गरिबहरु पनि छन्  भन्ने अनुभुती नै भएन ।कुनै दिन तपाई चिल्लो गाडीमा यात्रा  गर्दा ढोका खोलेर म र मजस्ता हातमा ठेला उठेका र पैतला चिरा चिरा परेका ब्यक्तिहरु देख्नुभयो भनेमात्र तपाईको ध्यान मजस्ता 2/4 दिन भोकभोकै बसि पटुकिले कम्मर कसेर काम गर्ने ब्यक्तीहरुमाथी पर्ने थियो । नेपाल बन्द हुदा होस या विभिन्न राजनितीक लडाइँ हुदा सबैभन्दा बढी मर्कामा पर्ने म जस्ता श्रमजिवि नै हो ।                             
 कोरोनाको सन्त्रास सुरु नभएसम्म त एकछाक मात्र भएनी दु:ख सुख खाएकै थियौं तर त्यसपछि आजको दिनसम्म एउटा पनि काम हात परेको छैन । पल्लो घरमा ठुलो आवाज आउने गरि बजाएको टेलिभिजनबाट  बेला बेलामा सुन्ने गरेको छु ।गरिव  दुखीहरुको लागी सरकार , नागरिक समाज र बिभिन्न समाजसेवि अभियान्ताहरुले विभिन्न राहतहरु बाडेको र कोहिपनि दुखी गरिब खान नपाएर मर्ने छैनन् भन्ने सुनेको मैले आजसम्म कोहि कसैबाट पनि एक दानो चामलको गेडापनि सहयोग पाएको छैन ।सायद तपाईहरु गरिब नेपालीहरु बाचेर यो देशको लागी केहि फाइदा छैन भन्ने सोच्नुभएको होला , त्यसो हो भने दुखी गरिबहरुलाई चोकचोकमा जम्मा गरि गोलि हानेर मार्नुहुन मेरो अन्तरआत्माबाट अनुरोध गर्दछु ।                 
तपाईबाट हामीहरुले सकारात्मक कार्यहरुको धेरै आशा गरेका छौं ।अझैपनि केहि बिग्रेको छैन ,एकचोटि सोच्नुस ….मनैदेखी , अन्तरआत्मादेखी हामिजस्ता बिहानवेलुका काम गरेर छाक टार्ने ,औसधिमुलो गर्ने श्रमिकहरुका लागी हजुरले यो समयमा राहत दिनुभयो र मेरि आमालाई दमको औसधि किनेर बचाउन सहयोग गरिदिनुभयो भने मेरो भर्खर जन्मेको छोरोले पछि गएर स्वदेसमै काम गरि कर तिरेर होस या बिदेशी भुमिमा काम गरि रेमिटेन्स गरेर नि तपाईको सहयोग फिर्ता गर्ने छ ।  त्यसैले अर्थमन्त्री ज्यु , हामिजस्ता दिनहुँ अरुको काम गरि चामलमा नुन घोलेर ज्यान धान्नेहरुले धेरै आशिक दिनेछौं – हजुरको प्रगतिको लागी  अनि सफलताको लागि । मैले यसो पल्लो घरको दिदिले भनेको सुनेको थिए … कति धेरै दाजुभाइ दिदिबहिनीहरु ९००/१००० किलोमीटर हिडेर घरजान बाटोमा हुनुहुन्छ अरे ,तपाईले यि र यस्ता गरिब दुखीहरुलाइ अभिभावकत्व देखाइ गास बास सहित र  अन्य रोगबाट ग्रसित बिरामीहरुको लागी औसधिको बन्दोबस्त गरिदिनुभयो भने तपाई इतिहासमै एक सफल प्रधानमन्त्री  भएको नाम लेखाउनुहुनेछ । म संग त केनै छर …नत रेडियो , नत टिभि ,नत मोबाइल ,नत ईन्टरनेट  तरपनि वल्लो पल्लो घरको छिमेकी हरुले गरेको कुराबाट थाहा पाएकी छु । फेरीपनि भन्छु अर्थमन्त्री ज्यु , म  अबुझ ,अनपढ र गरिबले केनै आश गर्न सक्छु र …..
 यो लकडाउन नसकिदासम्म म र मजस्ता श्रमजिवि मजदुरहरुको पिडा/ मर्म बुझिदिनुभयो भने म तपाईको गुनको ऋणि हुनेछु ।                                  
 …………….
उहि तपाईको सदा प्रगती चाहने एक नेपाली नागरिक
  सुभाष ज्ञवाली