भोजपुरका एक जनामा कोरोना भाइरसको संंक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४८ पुगेको छ।
भोजपुरका एक जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्ने क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरका एक र जनकपुरका एकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका थिए।
बिहीबारसम्ममा संक्रमितमध्ये ९ जना उपचारपछि घर फर्किसकेका छन्। इमेजखबरमा समाचार छ ।