नेपालमा शुक्रबार थप एकजनामा कोरोनाको संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाका ६२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयकाअनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको ‘आइसोलेसन’मा रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
कोरोना संक्रमितमध्ये १० जना निको भएर अस्पतालबाट ‘डिस्चार्ज’ भइसकेका छन् । इमेजखबरमा समाचार छ ।