मालारानी गाउँपालिकाद्वारा राहत बितरणका फोटो खिच्न प्रतिबन्द, आफ्ना कामको प्रसार – प्रसार नगर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले आफुहरुले बितरण गर्ने राहतको फोटो खिच्न प्रतिबन्द गरेको छ । 
मालारानी गाउँपालिकाले आफुहरुले बितरण गर्ने राहतको फोटो खिच्न प्रतिबन्द गरेको हो । यस्तै गाउँपालिकाले कुनै पनि तस्बिर सामाजिक संजालमा नराख्न समेत सबैमा आग्रह गरेको हो ।
राहतको नाम फोटो खिचाउदै प्रसार – प्रसार गर्ने समुहको संख्या बढेको बेला गाउँपालिकाले कुनै पनि वार्डमा राहतको फोटो नखिच्न प्रतिबन्द गरेको छ ।    
साथै गाउँपालिकाका राहत विवरण नियमित प्रकासित गर्ने  पालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भयो ।