– पपुलर बेल्बासे
भुमिकास्थान नगरपालिका, असुरकोट
Twitter :- @Popularbelbase7
नेपाली राजनितिमा उतरचढाब कुनै नौलो कुरा होइन तपाईं हामी बिगत लामो समय देखि देख्दै आइरहेको कुरा नै हो। बिगत ७ दशक देखि मुलुक यस्तो भुमरिमा फसेको छ कि सधै यो मुलुकलाई अभ्यास मैदान बनाऊदै आईरहेका छन बिभिन्न बाहनामा । बिगत लाई कोट्टाएर हेर्दा जब मुलुक मा प्रजाताण्त्रिक अभ्यास हुन थाल्यो जहनीय राणाशासन को चर्को बिरोध हुदै थियो त्यो बेलामा भारत मा बसेर नेपालको खाका कोरिदै थियो र ति कोर्ने चिरपरिचित मुख्य २ ब्याक्ति थिए । एक अत्यान्तै चतुर र अर्का ज्ञानता र बिचारको धनि । अरु पनि नभएका होइनन तर यी दुइ ले प्रतिनिधित्व गरेका थिए ।
१०४ बर्षे जहानिया राणा शासनको अन्त्य गर्न र मुलुक लाइ प्रजातन्त्र मा अग्रसर बनाउन यी दुइ को पनि धेरै ठुलो भूमिका छ । मैले यी दुइ भन्दै गर्दा अबस्य पनि तपाई हरु उत्सुक हुनुहुन्छ होला को रहेछन भनेर ति दुइ थिए स्व विशेश्वर प्र्साद कोइराला र स्व श्री ५ महाराजधिराज महेन्द्र बिर बिक्रम शाहदेव । यी दुइ भारत मा बसेर राणा शासन को बहिर्गमन को खाका कोरेका थिए । राणाशासनको अन्त्य पछाडी करिब ४ वर्ष पछाडी स्व श्री ५ महाराजधिराज महेन्द्र बिर बिक्रम शाहदेव को राज्यरोहण भयो । जुन बेला बि पी कोइराला सरकार मा हुदै गर्दा समय अनुकुल उहाले समाजबादलाइ यसरी परिभाषित गर्नुभएको थियो “यो मुलुकमा बस्ने हरेक व्यक्तिको आफ्नो घर होस् शिर लुकाउने छानो होस् र एक हाल गोरु होस् ” भन्दै त्यो बेलाको समाजबाद को व्याख्या गर्नुभएको थियो । बि स २०११ देखि बि स २०१७ सम्म बिकाश का पूर्वाधार हरुमा देश मा क्रान्तिकारी बिकाश भएको अनुमान लगाउन सकिन्छ । बिडम्बना एस्तो समय आइपर्यो कि सम्बभत: दुइ ब्याक्ति ले समानान्तर रुप मा एकै समयमा देश लाइ हाक्न नसक्ने अबस्था आइपरेको जस्तो लाग्छ ।त्यो बेलाका प्रधानमन्त्री लाइ मुलुक लाइ समाजबाद तर्फ अग्रसर गर्नुपर्ने थियो र त्यो संगै जनतामा चेतनाको बृधि संगै रोजगारीका अबसरहरु बढाउनु थियो र त्यो लामो समय सम्म खुम्चिएर बसेको राजसत्ताको लागि एकदमै ठुलो चुनौती बन्न सक्ने देखियो । निक्कै चतुर शैली अपनाउदै राजाले राज्य सत्ता आफ्नो हात मा लिदै राजा ले पंचयातलागु गरे र देश पुन: निरंकुश शाशन मा फर्कियो सम्पूर्ण पार्टी हरु खारेज भय र नेता लाइ बन्दि बनाइयो। यहाँ लडाई थियो त बौद्धिकता र चर्तुरता को जित चर्तुरता को भयो र अन्तत मुलुक करिब ३० बर्षे निरंकुशता मा अल्झियो ।
लामो राजनितिक संघर्ष पछाडी फेरी एकपटक मुलुक मा परिबर्तन को आगो दन्कियो र बि स २०४६ साल संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्र स्थापना गर्यो । लगत्तै देशले नया संबिधान पायो र आम नेपाली जनता खुसीको बिगुल फुक्दै मुकुकले केहि गति प्रधान गर्छ कि भन्ने आशा गरिरहेका थिय । मुलुक मा स्थायित्व कायम हुने पनि आशा गरिएको थियो । बिडम्बना मुलुक राजनैतिक खिचातानी मा अल्झियो र नेताहरुले धैर्यता गुमाउदै राजनैतिक फुट र जुट को फोहोरि खेल मा फस्दै देश अराजनैतिक भुमरी मा फस्यो । टुट र फुट को राजनीतिले पुन एकपटक प्रजातन्त्र नै धराप मा पर्ने स्थिति देखा पर्यो फलश्वरूप साम्यवाद को खाका कोर्ने सपना देखाउदै माओबादि भन्ने अत्यान्तै भयानक बिद्रोही समूह जन्मायो र बि स २०५२ सालबाट देश मा गृहयुद्ध को सुरुवात संगै बिकराल परिस्थिति बाट गुज्रियो ।यो देश वर्ष को समय मुलुक को पूर्वाधार बिकाश र शान्ति स्थायित्व को लागि अभिसाप बन्यो ।
बि स २०५८ सालको राज्दरबार हत्याकाण्डले मुलुकमा राजा सस्था बिरुद्ध बितिस्णा पैदा भैरहेको थियो र फलस्वरूप जन-आन्दोलन २०६२-२०६३ भयो । करिब २०५ बर्षे बंशकालिन राजतन्त्र को समाप्त भयो र यी नेपाली जनता को लागि अत्यन्तै ठुलो उपलब्धि पनि थियो । मुलुक शान्ति प्रक्रिया मा आयो आउदै गर्दा धेरै अफ्ट्यारा र चुनौती हरु कम भैसकेका थिए । राजसंस्था समाप्त भैसकेको थियो । १० वर्ष देखि गृहयुद्ध मा तल्लिन तत्कालिन माओबादि पनि राष्ट्र को मूल राजनीति मा आएर संसदीय प्राणली अबलम्बन गरिसकेको थियो । देश लाइ अग्ग्रगामी बिकाश र शुसाशन को खाचो थियो गणतान्त्रिक मुलुक लोक्तान्त्रिक अभ्यास लाइ पालना गर्दै चुनाबमा भयो र नया सरकार पनि बन्यो ।आम नेपाली जनता खुसि ले हर्षित भय अब त सम्पुर्ण कुरा जनता मा निहित थियो ।अब राजनैतिक दल हरु एकजुट भएर मुलुक लाइ अनिर्णय को बन्दि हुनबाट जोगाउछ्न भन्दै अत्यान्तै आशाबादी थिय आम नेपाली ।बिगत मा जस्तो अब मुलुक बिकाश गर्न कुनै बाधा अड्चन हरु थियनन । जनता को शासन जनता मै निहित थियो ।देश ले नया संबिधान पायो देशले अर्को कोशे ढुंगा पनि पार गर्यो । तर नेपाली जनता को त्याग र बलिदानी ले ल्याएको गणतन्त्र अझै आम नेपाली जनता को हुन सकेको छैन ।
राजनैतिक स्थायित्व संगै मुलुक ले जुन गतिले बिकाश र सम्वृद्धि को गति लिनु पर्ने थियो त्यो बिल्कुलै भएको पाइदैन यद्धेपि अराजकता , बलात्कार , भ्रस्ट्रचार र राजनैतिक खिचातानी मा अल्झिरहेको तपाई हामि देख्न सक्छौ । हरेक पटक राजनैतिक दल समाजवादको एजेण्डा बोकेर चुनाब मा जान्छन तर यो ७० बर्षे अबधिमा हाम्रो देश मा समाजबाद को अभ्यास कतै भएको आभाष हुदैन । हाल सम्म कुनै राजनीतिक दल जनता प्रति उत्तरदायी भएको देखियको छैन । नेपाली राजनीतिमा आज सम्म पनि त्यो एक व्यक्तिको ७० वर्ष अगाडिको कल्पना अझै पनि ताजा र चुनाब मा सबैभन्दा बिक्रि हुने मसला बनेको छ ।
नेपालको राजनीतिक इतिहासमा नेपालले कुनै एक समय बाहेक अन्य कुनै काल खण्ड मा राष्ट्रको उन्नति र प्रगतिको अबसर पाएको देखिएन देशका मलिक हरु सधै बंशज र झोले कार्यकर्ता निकट भयर बसे । कहिले पनि देश लाई बिकाशशिलता उन्मुख बनाउने प्रयास गरेनन बल्की देशलाइ राजनीतिक परिवर्तन को अभ्यास थलो मात्र बनाउनेतर्फ अग्रसर भय । गणतन्त्र पश्चात् देश मा एक मात्र आमूल परिबर्तन त के देखियो भने सर्बहारा बर्ग को प्रतिनिधित्व गर्ने आदरणीय जन प्रतिनिधिको चमत्कारिक आर्थिक परिवर्तन । हिजो चप्पल नपाउने आज चिल्ला करोडौं पर्ने गाडी मा हुइकिन्छन बिचरा हामी जनता अझै पनि खाली खुट्टा लतारिदै पछरिदै छौ । राजनैतिक दलहरु ले कहिले समाजबाद भन्दै त कहीले साम्यवाद भन्दै बिगत ७० वर्ष देखि यो मुलुक लाइ सधै प्रयोगशाला बनाउदै आइरहेका छन् । मुलत हामी नेपालि जनताले के पयौ भन्ने प्रश्नको जवाफ कसैले पाउन सकेको छैन हाल सम्म ??
समग्रमा मुलुक एस्तो एउटा राजनेता को खोजिमा छ जसको बिचार र दर्शन बि पी को जस्तो होस् र रास्ट्रप्रेम , चातुर्यपन र राजनैतिक कौसल्यता स्वर्गिय राजा महेन्द्र को जस्तो होस् । यति भयो भने पक्कै पनि हाम्रो मुलुक ले अग्ग्रगामी बिकाश को खाका कोर्दै युगान्तकारी परिबर्तन गर्न सक्छ भन्ने कुरा मा कुनै संका छैन ।