भूमिकास्थानको नुवाकोट क्वारेन्टाइनमा १ जनाको आरडीटी पोजेटिभ आयो, बुटवल रिफर

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ नुवाकोटको क्वारेन्टाइनमा राखिएका १ जनाको -र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) पोजेटिभ आएको छ ।
नुवाकोटको क्वारेन्टाइनमा राखिएका १ जनाको -र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) पोजेटिभ आएको हो ।
नुवाकोटको क्वारेन्टाइनमा १८ दिनपछि बसेका ति व्यक्तिमा मंगलबार दिउसो आरडीटी टेस्ट गर्दा पोजेटिभ देखिएको र पछि जिल्ला अस्पतालमा पुन: आरडीटी गर्दा नेगेटिभ आएको थियो । 
नुवाकोटमा जाँच गर्दा पोजेटिभ र जिल्ला अस्पतालमा नेगेटिभ आएपछि मंगलबार साँझ बुटवल स्थित लुम्बिनी  प्रादेशिक अस्पतालमा थ्रोट स्वाब  पीसीआर टेस्टको लागि पठाएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले डट्कमलाई जानकारी दिनुभयो । 
शुरुमा पोजेटिभ आएका ति व्यक्ति भारतबाट गोरसिङे, ठाडा हुँदै हिंडेर आएको र दिर्घरोगीको औषधी खाँदै आएको गौतमले डट्कमलाई जानकारी दिनुभयो ।  उनी १८ दिन अगाडि कृष्णनगरबाट आएर परिबारको सम्पर्कमा समेत नआई क्यारेन्टाइननमा बसेका थिए ।
उता यसअघि प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पोजेटिभ आएका ति व्यक्तिले एचआईभी एड्सको औषधी सेवन गर्दै आएको बताउनु भएको थियो ।
 १४ दिन क्वारेन्टाइनमा बसेकालाई र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गर्ने क्रममा उनमा पोजेटिभ देखिएको थियो ।  जनस्वास्थ्य अधिकृत पुष्पा थापाको टोलीले नुवाकोटको क्वारेन्टाइनमा चेक गरेको थियो ।  
यस्तै उनिसँग क्यारेन्टाइनमा काठमाडौंबाट आएर बसेका २ जनाको भोली  आरडीटी जाँच  गरिनेछ । 
उनको बुटवल स्थित लुम्बिनी  प्रादेशिक अस्पतालबाट भोलीसम्म पीसीआर परीक्षणको नतिजा आउने छ । 
 

अन्य समाचारहरु