अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बिभिन्न स्थानका क्वारेन्टाइनमा राखिएका ३६ जना मध्ये ८ जनाको डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेलका अन्सुआर लापेमा रहेको क्वारेन्टाइनमा ८ जना बाग्लुङबाट आएकाहरु रहेको तथा वार्ड नम्बर १ को हल्देमा काठमाडौ लगायत स्थानबाट आएका ६ जना रहेका छन् ।
यस्तै वार्ड नम्बर ९ मा १८ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै वार्ड नम्बर ११ मा १४ जना क्वारेन्टाइनमा रहेका छन् ।