अर्घाखाँचीडट्कम संवाददाता
बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ नुवाकोटको क्वारेन्टाइनमा -र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) पोजेटिभ आएका १ जनाको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको थ्रोट स्वाब पीसीआर टेस्टमा नतिजा नेगेटिभ आएको हो ।
नुवाकोटको चिउरामाटी मैलिपोखरा यसोधरा आधारभुत बिद्यालयको क्वारेन्टाइनमा राखिएको अन्दाजी बर्ष ३५ का बलाराम गैरे क्षेत्रीको हिजो मंगलबार -र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) पोजेटिभ आएको थियो ।
नुवाकोटको क्वारेन्टाइनमा १८ दिनपछि बसेका ति व्यक्तिमा मंगलबार दिउसो आरडीटी टेस्ट गर्दा पोजेटिभ देखिएको र पछि जिल्ला अस्पतालमा पुन: आरडीटी गर्दा नेगेटिभ आएको थियो ।
नुवाकोटमा जाँच गर्दा पोजेटिभ र जिल्ला अस्पतालमा नेगेटिभ आएपछि मंगलबार साँझ बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थ्रोट स्वाब पीसीआर टेस्टको लागि पठाइएको थियो । उनी १८ दिन अगाडि कृष्णनगरबाट आएर परिबारको सम्पर्कमा समेत नआई क्यारेन्टाइननमा बसेका थिए ।
१४ दिन क्वारेन्टाइनमा बसेकालाई र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गर्ने क्रममा उनमा पोजेटिभ देखिएको थियो । जनस्वास्थ्य अधिकृत पुष्पा थापाको टोलीले नुवाकोटको क्वारेन्टाइनमा चेक गरेको थियो ।