अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको राहत कोषमा अहिलेसम्म १७ लाख ६३ हजार ३६ रुपैया जम्मा भएको छ ।
मालारानी गाउँपालिकाको राहत कोषमा विभिन्न व्यक्ति, संघ- संस्थाबाट अहिलेसम्म १७ लाख ६३ हजार ३६ रुपैया जम्मा भएको हो । यस्तै मालारानी गाउँपालिकामा अहिलेसम्म १२९ परिवारलाई २० किलोको दरले राहत वितरण गरेको छ ।
यस्तै मालारानी गाउँपालिकाले अर्घाखाँचीडट्कमलाई बताए अनुसार यहाँ हाल ९४ जना क्वारेन्टाइनमा रहेका छन् ।
साथै अहिलेसम्म ६०९ जनाको श्वास प्रस्वास सम्वन्धी (एआरआई) स्वास्थ्य जाँच भएको छ ।
यस्तै मालारानी गाउँपालिकामा भारत लगायत विदेशबाट अहिलेसम्म आउनेको संख्या ३८० पुगेको छ ।
मालारानीमा अहिलेसम्म १३ ठाउँमा क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्म १८४ बेडको क्षमता रहेको छ ।