तिलक राम बन्जाडे
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका -१०, गच्छेगैरा निवासी कृष्ण रानाभाट पछिल्लो समय तरकारी खेतिमा व्यस्त हुनुहुन्छ ।
सरस्वती आधारभुत विद्यालय सन्धिखर्क नगरपालिका-११, अमिले ,कालिकाचौरमा अध्यापनरत उहाँ गत साल देखि अर्गानिक तरकारी उत्पादन गर्दै आउनुभएको छ ।
उहाँले विद्यालयमा शिक्षण गर्नुका अलबा तरकारी खेतीबाट पनि वार्षिकरूपमा रु १ लाखसम्म आम्दानी गर्नुहुन्छ ।
उहाँले बारीमा बन्दा, काउली, लसुन, प्याज, सागलगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ । अहिले पनि उहाँको बारिमा प्याजले पनि लोभलाग्दो गाना हालेका छन । त्यसैगरी आलु, मुला, सागलगायतका तरकारी छन् ।
तरकारी सबै आफ्नो आफ्नो र आसपासका गाउँमा खपत हुने गरेको कृष्णले जानकारी दिनुभयो । “तरकारी खोज्दै मानिसहरु घरमै किन्न आउँछन् ” , उत्पादित सबै तरकारी बजार लैजानुपर्ने बाध्यता छैन”, उहाँले भन्नुभयो, मैले अर्गानिक तरकारी उत्पादन गर्छु त्यसैले सबैले मैले उत्पादन गरेको तरकारी मन पराउँछन ।
बारिमा विषादी प्रयोग नगरेकोले अर्गानिक तरकारी उत्पादन सबैको रोजाइमा पर्ने गरेको छ । हिजोआज तरकारी उत्पादनमा जिल्लाका युवाहरु आकर्षित भएता पनि तरकारीमा विभिन्न रोग लागि सताउने गर्दछ । मिहिनेत गरि तरकारी लगाएर मेहनतको उपभोग गर्ने बेलामा विभिन्न किसिमका किराले क्षति पुरयाउने गरेको र उक्त समस्या निराकरण गर्न माटो परीक्षण, उपयुक्त बीउ, रोगको पहिचान, तालीमलगायतका विषयमा युवाहरुलाई स्थानीय सरकारको सहयोग आवस्यक पर्ने कृृष्णलेे बताउनुभएको छ ।