खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं ३ खनदह क्वारेन्टाइनको खर्चमा ठुलो अनमियता हुन लागेको बिल भरपाई रद्द गरिएको छ ।
अर्घाखाँचीडट्कममा समाचार प्रकासित भएपछि खनदहको आदर्श माविमा रहेको क्वारेन्टाइनमा बसेका २ जना व्यक्तिको खाना खर्च समेतको जम्माजम्मी रु . ४५, ४२० / – का बिल भरपाई गाउँकार्यपालिकाको कार्यालयमा वार्ड नं ३ को वार्ड समितिको निर्णयसहित पेश गरेको बिल मालारानी गाउँपालिकाले शनिबार रद्द गरेको हो ।
अर्घाखाँचीडट्कममा प्रकासित समाचार सत्य हुँदा हुँदै पनि मालारानी गाउँपालिकाले चलाखी गरी बिल भरपाई रद्द गरि अनमियता ढाकछोप गर्न शनिबार एक प्रेस विज्ञप्ती जारी गरी भ्रष्टाचार नभएको भनी समाचारको खण्डन गरेको छ । मालारानी गाउँपालिकाले वार्ड नं ३ को बचाउ गरेको छ ।
वार्ड नं ३ ले खनदहस्थित क्वारेन्टाइनको खर्चमा ठुलो अनमियता गर्न बिल भरपाई पेस गरेको थियो । तर समाचार प्रकासित भएपछि उक्त बिल भरपाई रद्द गरी अनमियता नभएको सन्देश दिन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले प्रेस विज्ञप्ती निकालेका छन् ।
मालारानी गाउँपालिकाले समाचार आएपछि छानबिन गरी उक्त पेस गरेको बिल रद्द गरेको बताएको छ ।
उता क्वारेन्टाइनको निर्माण सम्पूर्ण व्यवस्थापन मालारानी गाउँपालिकाले नै गरेको थियो । मालारानी गाउँपालिकाले घुमाउरो तरिकाले अनमियता गरेको स्वीकार गरी प्रेस विज्ञप्ती जारी गरेको छ ।
मालारानी गाउँपालिकाका एक प्रतिनिधिले नाम नबताउने शर्तमा बताए अनुसार वार्ड नं ३ खनदह क्वारेन्टाइनको खर्च भनी शुरुमा ५३ हजार ५ सय रुपैयाको बिल भरपाई गाउँकार्यपालिकाको कार्यालयमा आएको र बिलमा क्वारेन्टाइनमा बसेको २ जना १४ दिन भन्ने थियो । र पछि ४५ हजार ४ सय २० रुपैयाको आएको थियो ।
अन्तत: डट्कमको समाचारबाट मालारानी गाउँपालिका वार्ड नं ३ खनदह क्वारेन्टाइनको खर्चमा हुन लागेको ठुलो अनमियताको प्रयास रोकिएको छ ।
सत्य समाचारको ढाकछोप गर्न खण्डन
अधिकृत रमेश पन्थीले प्रेस विज्ञप्तीमा भने अनुसार;खनदहको कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामको लागि निर्माण गरिएको क्वारेन्टाइनको खर्चमा वडा नं ३ का वडाध्यक्ष श्री शोभाखर खनालको समेत नाम जोडी अनियमितता भएको छ भन्ने समाचारहरु अर्घाखाँची डट कम लगायतका सामाजिक सञ्जालमा मिति २०७७ बैशाख २० गतेदेखि सम्प्रेषित भइरहेकोमा यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । मालारानी गाउँपालिका वडा नं ३ खनदहस्थित आदर्श मा वि मा वारेन्टाइस्थल निर्माण गरिएको थियो ।वारेन्टाइन व्यवस्थापनमा मितव्ययी र पारदर्शी रुपमा खर्च गर्ने गरिएको छ । सम्पूर्ण सरोकारवालाहरुलाई माग भएमा जुनसुकै समयमा कार्यालयले पारदर्शी रुपमा खर्च विवरण सार्वजनिक गर्ने व्यहोरा जानकारी गराइन्छ । यस सम्बन्धी खर्चका विवरणहरु कार्यलयले सो क्वारेन्टाइन स्थलमा मिति २०७६ चैत्र २१ गतेदेखि २७७ वैशाख १० गतेसम्म १८ दिन २ जना पुरुषहरुलाई राखिएको र उक्त क्वारेन्टाइन निर्माण २ जना व्यक्तिहरुको लागि मात्र निर्माण नगरी भारत लगायत तेस्रो मुलुक एवं विभिन्न आन्तरिक सहरबाट आएका सम्भावित व्यक्तिलाई व्यवस्थापन गर्न सकिने गरी निर्माण भएको थियो । साथै २ जना व्यक्तिको खाना खर्च रु ५ . ६२० / – समेतको जम्माजम्मी रु . ४५ , ४२० / – का बिल भरपाई गाउँकार्यपालिकाको कार्यालयमा वडा नं ३ को वडा समितिको निर्णयसहित पेश भएको सन्दर्भमा मालारानी गाउँ कार्यपालिकाको कार्यालयबाट भुक्तानी हुन बाँकी भएकोले कहिं कतै अनियमितता नभएको सम्बन्धमा सबैलाई विश्वस्त हुन जानकारी गराइन्छ । खर्च रकम र ४५ , ४२० / – पेश भाएकोमा रु ५३ . ५०० / – बर्च भएको भनी सत्यतथ्य विनाका समाचारहरु सम्प्रेषण गरी सर्वसाधारण व्यक्तिहरालाई भ्रमित नगर्न निगराइदिन । हुनको लागि अनुरोध गरिन्छ ।
उल्लेखित समाचारप्रति खेद एवं असहमति प्रकट गर्दै सामाजिक तथा राजनीतिक सद्भावना खल्बनाउन समय समयमा विभिन्न सञ्चार माध्यमहरुले सत्य तथ्यविना यो वा त्यो विषयमा नामक समाचारहरु सम्प्रेषण गर्दा । गराउँदा पत्रकारिताप्रतिको जनविश्वास घदै जाने सम्बन्धमा सम्बन्धित सबैलाई ध्यानाकर्षण समेत गराइन्छ । साथै यस्ता किसिमका समाचारप्रति चनाखो रही भ्रमित नहुन समेत सम्पूर्णमा अनुरोध गरिन्छ । भन्ने प्रेस विज्ञप्ती जारी गरेको छ ।
उता अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार मालारानी वार्ड नम्बर ४ का वडाअध्यक्ष बिष्णु पोख्रेलले दुई जनाकै १४ दिनको खर्च ३,७४५ (सैतिस सय पैंतालीस रुपैया) खर्च गरेका छन् । पोख्रेलका अनुसार यहाँ बसेका २ जनालाई सबै सुविधा दिएको हो ।
मालारानी गाउँपालिका वार्ड नं ३ खनदह सधैं विवादमा आएको छ । यस वार्डमा स्थानीय तहको चुनाब २०७४ मा निर्वाचित अध्यक्ष जिवन चौहानको निधनपछि गत २०७६ मसिर १४ गते शनिवार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका शोभाखर खनालले ११५९ ल्याई विजयी भएका थिए ।
उता अर्घाखाँची जिल्लाका सबै नगरपालिका, गाउँपालिकामा ठुलो भ्रष्ट्रचार हुँदै आएको छ । जिल्लाभरका प्रतिनिधि, नेताहरु, व्यापारी, ठेक्दारहरुको मिलोमतोमा वार्षिक अरबौ रुपैया अनमियता भएका समाचारहरु बाहिर आईरहेका देखिन्छन् । जसको कारण जिल्लाभरका पेट्रोल पम्पमा पानी हालेर बेच्ने व्यापारीदेखि जन प्रतिनिधि, नेताहरु, ठेक्दारहरुले महङा कार चढ्नेदेखि सन्धिखर्क, बुटवल, काठमाडौं महल खडा गरेका छन् ।