म, मेरो समाज, मेरो संस्कृति र राजनीति

पपुलर बेल्बासे
भुमिकास्थान नगरपालिका, असुरकोट
बिगत १० बर्षको समयलाई नियालेर हेर्ने हो भने हाम्रो समाजमा धेरै ठुलो सामाजिक र आर्थिक रुपान्तरण देख्न सक्छौ । समय संगै मानिसको व्याहार र जिबन शैली पनि बदलिरहेको छ । कहिले काँही सम्झन्छु जबमा उच्च अध्यानको लागि देश को राजधानी काठमान्डौ आए र एक कलेजमा अध्ययन गर्दै थिए । केहि समय पछाडी आम नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावली आयो र चाडबाड मनाउन घर गय ।हामी हाम्रो क्षेत्रमा दशैं तिहार धुमधाम मनाउने गर्दछौ र तिहार त धेरै नै बिशेष हुन्छ। पाँच दिनको देउसी भैलीसंगै हाम्रो आफ्नो मौलिकता ले हाम्रो गाउँ, समाज सास्कृतिक सभ्यताले सझिएको मण्डपमा राखेकी दुलाही जस्तो देखिन्छ । जब तिहार आउछ पुरै गाउँ समाज धपक्क बलेको देख्न सक्छौ हामी र त्यो शृंगारले काही कतै दु:ख छ जस्तो कसैलाई आभाष हुन दिन्न ।
  
चाडपर्ब ले गर्दा चारैतिर गर्मिलो मौसम र मिर्मिरे बिहानीमा झुल्किएको मन्द सौर्य किरण जस्ता रंगीचंगी बत्तीहरु साझको बेलामा सम्पूर्ण गाउ बासिको घर आँगन बलेको हुन्छ र छेउमै रहेका पुस्पा गुच्छा हरुले मन्द बास्ना छरिरहेका हुन्छन । “ तिहार ” हामी हिन्दु हरुको महान चाड मध्ये एक हो। हाम्रो गाउ समाज मा तिहार लाइ राजनीतिले चौकोश घेरेर राखेको छ। जब तिहार आउछ सास्कृति संगै राजनीति पोतिएर आउछ । मलाई आज पनि स्मरण छ त्यो बेला जब मा घर गएको थिए गाउ को चल्दा फुर्दा मेरा साथि भाइ संगै एक राजनैतिक पार्टीको नेतृत्व मा रहेर त्यहि राजनैतिक पार्टीको सास्कृतिक संगठनको देउसी भैली कार्यक्रमको नेतृत्व गर्दै सम्पूर्ण गाउ समुदायमा आफ्नो पार्टीको बिज्ञापन संगै आम मानिसमा राजनैतिक चेतना र आफ्नो पार्टीको बिषयमा बुझाउदै हिड्दै गर्दा बिपक्ष्य पार्टीका समकालीन मित्र हरु फलानोको छोरो हाम्रो पार्टीको मान्छेलाई जबर्जस्ति आफ्नो पार्टीमा राखेछ भन्दै इर्ख्या गर्दै सम्बन्ध मा दरार आउने अबस्था पनि आउथ्यो । त्यति बेला पार्टीको सास्कृतिक बिभाग नै संगठन बिस्तार को एक आधार थियो भन्न सकिन्छ।समय यस्तो थियो जब म मेरो प्रिय मित्रको घरमा जान्थे उहा अर्को पार्टिको बिचार धारा मा बिश्वास राख्नु हुन्थ्यो अनि हाम्रो सामान्य भलाकुसारी पछाडी फर्कदै गर्दा यो फलानो पार्टी को मान्छेले हाम्रो मान्छे बिगार्यो भन्ने जस्ता लाल्छना पनि धेरै लाग्थे । अर्को पार्टीको मान्छेले मलाइ काही कतै देख्यो भने फलानो आयो भन्दा पनि फलानो पार्टीको मान्छे आयो भन्थे । कहिले काही त लाग्थ्यो यो समाज ले मेरो निधार मा स्वस्तिका छाप टासिदिएको छ ।
समय बिस्तारै फरिदै गयो मा पनि उच्च शिक्षा अध्यान को लागि राजधानी फर्किए।२-३ बर्ष यसरि नै चल्दै थियो र म मा राजनीतिको ठुलो भुत सबार भएको थियो र मा राजनीति लाइ निक्कै गहिरिएर हेरिरहेको थिय।मनमा अनेकौ प्रश्नहरु जन्जिर बनेर बसेका थिय र मैले सोच्ने बेला आएको थियो सधै बाउ को पदमार्ग मा अन्धो भएर हिड्दै गर्दा मैले कतै मेरै गाउ घर का दाजु भाइ जसरि त राजनीति लाइ बुझेको छैन भन्ने प्रश्न हरु म भित्र आगॊका ज्वालाहरु जस्तै दनकिरहन थाले। अन्तत: ठुलै आट निकालेर निधो गरे अब मा राजनैतिक अध्यान गर्छु र समाजको अल्पज्ञान चिर्छु।केहि समय पछाडी म मा पहिला भन्दा बढी चेतनाको ब्रिधि बिकाश ले होला मलाइ मेरा बुवाले गर्दै आइरहेको पार्टीको राजनीति मन पर्न छाड्यो र मा छुटै बिल्कुलै फरक बिचार धारा लाइ सम्बोधन गर्न थाले ।मेरो बिचारको धारा प्रबाह मेरो बाबुको भन्दा फरक हुन पुग्यो । केहि समय पछाडी पुन: चाड पर्ब आए तर आफुलाई अलिक फरक सोच्दै गाउ गए । असमानताको ब्रिधि संगै जनचेतना को कमि रहेको गाउमा यो समय अलिक फरक लागिरहेको थियो मलाइ र आफुलाई परिबर्तित महसुस म आफैले गरेको थिए । जब गाउ गए मा संग समाज अभ्यास्त थियो म त फलानो पार्टी को भनेर । आज त्यहि समाजमा हिड्दै गर्दा मलाइ फलानो आयो भन्नु को सट्टा यो पार्टीको कार्यकर्ता आयो भन्दै बरबराउदै गरेको देख्दा ति हिजो बिहान समाजबाद र साम्यवाद को नारा मुखमा सनाई झैँ फुक्दै हिड्ने तर ब्याबहारमा “ जता जता बाहुन बाजे त्यतै त्यतै स्वाहा “ भन्ने उखान लाइ परम्परा बनाएर बसेका प्रतिनिधि गाउ समाजको अझै पनि दोहन गरिरहेका छन् भन्ने आभाष हून्थ्यो । मै हु भन्ने पार्टीका प्रतिनिधि हरु यति अन्धा छन् कि हालको विश्व राजनीति बहुआयामिक राजनीतिक चेतना मा बहस गर्छ तर उनि हरु अझै पनि अन्धभक्त हुदै एउटा सामान्य जानकारीको दाएरा भन्दा टाढा जान र बुझ्न खोज्दैनन् ।जब राजनैतिक बिबाद भयो तब मैले समाज परिबर्तनको आधार खोज्दै उनीहरुको चेतना स्तर भन्दा बाहिरको राजनीतिक बहस गर्दै गर्दा मेरो तर्क को जवाफ फर्काउन नसक्ने भएपछी मलाइ अस्तिका चल्लाहरु भन्दै बहस छाड्दै हिड्दै गर्दा उहाहरुको बिचारको अहंकार मेरो उमेरको भन्दा पनि सानो देखियो । । यदि यहि नै अबस्था रहने हो भने हाम्रो समाज लाइ अल्पज्ञान को भकारी भएका प्रतिनिधि हरुले भोलि का दिनहरुमा कहा पुराउलान ??
समग्रमा भन्नु पर्दा यी यावत कुरा गर्दै गर्दा मैले हाम्रो समाज लाइ परिबर्तनशिलता तर्फ अग्रशर गराउन खोज्दै गर्दा त्यहि गाउ समाजमा लम्पसार परेका पार्टी प्रतिनिधि हरु जो बिगत लामो समय देखि जरा गाडेका छन् र म जस्ता कयौ युवा हरु जो सामाजिक रुपान्तरण र सम्रिधिको सपना देखिरहेका हुन्छन ति युवाहरु को आवाज र बिचार लाइ उमेर वा अन्य अप्रासंगिक बिषयबस्तु संग दाजेर कम चेतना भएका आम नगरिकमा अल्पज्ञान छर्दै यथास्थिति बादमा रमाउन पल्केका छन् । बिचार , बिबेक र ज्ञान उमेर परिपक्कता संग मात्रै जोडिएको हुदैन भन्ने कुरा को पनि हेक्का राख्नु जरुरि छ। “युवाहरु भनेका परिबर्तन का सम्बाहक हुन् ”  भन्ने तर ब्याबहार चाहि यथास्थिति मा रमाउने प्रवृतिले कहिले मुलुकले न्याय पाउछ ? पुराना सोच जो मण्डले र पन्चे राजनीति बाट उदाएका पात्र हरु छन् ति पात्र कि त अहिलेका युवा जत्तिको बौद्धिक , चिंतनमुखी , योग्य र यथास्थितिबाद लाइ चिर्ने ल्याकत राख्ने उर्जावान युवा संग प्रतिस्पर्धा मा आउन सक्षम हुनु पर्यो नभए अबसर र चुनौतिको सामना अब युवा बर्गलाई समर्पण गर्नु को विकल्प छैन । यदि पितृ सत्तात्मक राजनीतिमा रुमलिएर अझैँ पनि युवा पुस्ता मा नेतृत्व हस्तान्तरण नगरी आफैलाई सर्बज्ञान सम्पन्न मान्दै जाने हो भने भोलि आउने नया पुस्ताले आफ्ना अग्रज हरुलाई धिक्कार्नेछन र इतिहासले समिक्ष्या गर्दै नालाएक को उपमा पक्कै दिनेछ।