मालारानी गाउँपालिका- ३ मा कुनै अनमियता भएको छैन्: वडाअध्यक्ष शोभाखर खनाल

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ का वडाअध्यक्ष शोभाखर खनालले अर्घाखाँचीडट्कममा प्रकासित समाचारको खण्डन गरेका छन् ।
वडाअध्यक्ष शोभाखर खनालले खाना खर्च बापत जम्मा ५ हजार ६ सय २० रुपैया मात्र खर्च भएको भन्दै त्यो बाहेक अन्य रकम जोडिएको बारेमा आफुलाई थाहा नभएको बताए । वार्ड नम्बर ३ बाट कुनै अनमियता नभएको उनले बताए । 
वडाअध्यक्ष खनालले आफुलाई नागरिकले धेरे विश्वास गरेर मत दिएकाले त्यो मतको कहिल्यै दुरुपयोग नगर्ने बताए । कोरोना संक्रमणका विरुद्ध लडीरहेका बेला नियोजित किसीमले आफु माथी हमला गरिएको उनको भनाई छ ।
यस्तै सञ्चारमाध्यमलाई आफुले सँधै सम्मान गर्ने गरेको भन्दै उनले यस्ता तथ्यहिन खबरले मिडियाकै विश्वसनियतामा आँच आउने बताए । 
खनदहको आदर्श माविमा रहेको क्वारेन्टाइनमा बसेका २ जना व्यक्तिको खाना खर्च समेतको जम्माजम्मी रु. ४५, ४२० / – का बिल भरपाई गाउँकार्यपालिकाको कार्यालयमा वार्ड नं ३ को वार्ड समितिको निर्णयसहित पेश गरेको बिल मालारानी गाउँपालिकाले शनिबार रद्द गरेको थियो ।