नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या १०२ पुग्यो, ३१ जना निको भएर डिस्चार्ज

काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 
मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  संक्रमितको संख्या १०२ पुगेको जनाएका थिए ।
शुक्रबार नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १०२ पुगेको थियो ।