सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीमा ब्यापार ब्यबसाय गर्ने युवा ब्यबसायी हक्किम खानले लकडाउनमा परेका अति बिपन्न तथा घरमा चुलो बाल्ने अबस्था नभएका बिपन्न परिवारलाई सहयोग गरेका छन् ।
चुत्राबेसीमा ब्यापार ब्यबसाय गर्ने युवा ब्यबसायी हक्किम खानले लकडाउनमा परेका अति बिपन्न तथा घरमा चुलो बाल्ने अबस्था नभएका बिपन्न परिवारलाई खाध्य सामाग्री तथा दाल तेल सहयोग गरेका हुन् ।
हकिमले दोस्रोपटक, तेस्रोपटक थपिएको लकडाउन अबधिमा बिभिन्न २० परिवारलाई आर्थिक सहयोग तथा खाध्य सामाग्री सहयोग गरेका छन् ।
लकडाउनका बेला दैनिक ज्यालादारी तथा मजदुरी गरि खानेहरुलाई खान समस्या परेको र आफुले थाहा पाएर जानकारी भएसम्म आफुले उनिहरुलाई सहयोग गर्ने तर सामाजिक सन्जालमा तस्बिर सार्वजनिक नगर्ने गरेको हकिमले जानकारी दिए । उनले भने मलाई सेवा गर्न पाउदा अत्यान्तै खुसी लाग्छ कसैलाई समस्या परेको भए मलाई तत्काल सम्पर्क गर्नुस म खाध्यन्न सहयोग गर्छु थाहा हुन परोस बिपतका बेला सेवा गर्नु मानबिय धर्म भएको हकिमको भनाइ छ ।
सहयोगी मनका धनि हकिम खान सन्धिखर्क अर्घाखाँचीका स्थापित फेन्सी कपडा जुत्ता चप्पल ब्यबसायी हुन भने ब्यबसायसँगै नेपाल तरुणदल अर्घाखाँचीका सक्रिय युवा हुन् ।