शितगंगाको सुवर्णखाल हल्देमा ६ जनाको आरडीटी नेगेटिभ आयो, ठाडा क्वारेन्टाइनमा भारतबाट आएका ३ जना थपिए

अर्घाखाँचीडट्कम संवाददाता 
सुवर्णखाल, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १ सुवर्णखालको हल्दे क्वारेन्टाइनमा रहेका ६ जनाको -र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको छ ।
सुवर्णखालको हल्दे क्वारेन्टाइनमा रहेका ६ जनाको -र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो ।
उनिहरु १४ दिन क्वारेन्टाइनमा बसेका र सबै ६ जनालाई आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ । 
  
यसअघि वार्ड नम्बर ११ मा परिक्षण गर्दा ७ जनाको रिर्पोट नेगेटिभ आएको थियो । 
उता ठाडा क्वारेन्टाइनमा राती भारतबाट आएका ३ जना नँया थपिएका छन् ।  

अन्य समाचारहरु