बिजय के.सी
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको खनदह क्वारेन्टाइनमा रहेका ९३ जनाको पिसिआर जाँचको नतिजा नेगेटिभ आएको छ ।
भारतमा रोजगारीको शिलशिलमा रहेकाहरुसुनौली नाकामा अलपत्रपरेकाहरुलाई उद्धार गरि क्वारेन्टाईनमा राखिएको थियो । पिसिआर जाचँको नतिजाजनान ९२ जनाको हिजो रिपोट नेगेटिभ आएको मालारानी गाउँ पालिकाका स्वास्थ्य सयोजक भबिश्वर खनालले बताए ।
त्यसतै क्वारेन्टाइनमा बसेका एकजनाको स्वास्थ्य समस्या बढेपछि काठमाण्डौ रिफर गरिएको थियो उनको पनि पिसीआर चेक जाचँ गर्दा नेगटिभ आएको थियो ।
भने १ जना चेक अप गर्न समयमा उपस्थित नहुँदा पाणिनी गाउँपालिका पुगेर अर्को दिन नमुना संकलन गरेकोले रिपोर्ट आउन बाकी रहेको मालारानी गाउँपालिकाले जनाएको छ ।
२६ दिन भारतको क्वारेन्टाइन बसेर गाउँपालिकाको क्वारेन्टाइनमा बसी पिसीआर जाचँ गरि घर जान पाएकोमा खुसी लागेको क्वारेन्टाइनमा बसेकाहरुले बताएका छन । क्वारेन्टीनमा रहदाँ मालारानी ३ खनदहका १० जना युबाहरुले स्वमसेबकाको रुपमा खटिएर काम गरेका थिए ।