अर्जुन बेल्बासे
सिमलपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालीका वार्ड न १३ सिमलपानीमा बसेको विपतब्यबस्थापन समितिको बैठकले विविध सुचना सहित निर्णय गरिएको छ ।
योसंगै आज बसेको बैठकले वडा भित्र रहेका बिद्यालयहरुलाइ क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने । स्वास्थ्यचौकी बाहेकका अन्य कार्यालयहरु बन्द गर्ने ।अत्यावश्यक सामाग्रीका पसल ( खाद्यान्न तथा किराना बिहान ७ देखि बिहान ९ बजेसम्म निश्चित मापदण्ड प्रयोग गरि खोल्ने र अन्य पसल पुर्ण रुपमा बन्द गर्ने ।. अत्यावश्यक सवारिकासाधन (एम्बुलेन्स ,प्रहरी भ्यान विद्युतको सवारी वाहेक पुर्ण प्रतिबन्ध लगाउने ।
सुराक्षाकर्मी को साथमा स्वमसेबी युवा परिचालन गर्ने ।अन्यत्रबाट आउन पुर्ण रुपमा बन्द गर्ने यदि लुकिछिपी आएमा अनिवार्य रुपमा तोकिएको क्वारेन्टाइन मा बस्नु पर्ने ।भारत तथा तेस्रो मुलुकमा रहेका नागरिकको तथ्यांक संकलन गर्ने ।
अन्य वडा , पालिका वा जिल्लामा तथा तेस्रो मुलुक बाट कोहि परिवारको सदस्य आउदै गरेको भए अनिवार्य वडा तथा नगरपालिका लाई जानकारी दिनुपर्ने यदि आएको सुचना नदिइ घरमा राखेको पाइएमा आफ्नै खर्चमा सबै परिवार क्वारेन्टाइन मा बस्नुपर्ने अत्यावश्यक काम बाहेक एकघर बाट अर्को घरमा नजाने यदि जानै परे ३ फुटको सामाजिक दुरि कायम राखेर मात्रै जाने ।
. मेलापातको कामगर्दा ४ जना भन्द बढी खेतला नलगाउने र काम गर्दा एकअर्का बिच भौतिक दुरि कायम राखी गर्ने तयस्तै कोहिकसैले नियम अवैज्ञा गर्दै नियम उलंघनगरेको पाइएमा कडा कार्वाह ीगर्ने जस्ता महत्वपुर्ण निर्णय गरेकोवडा न १३ का वडा अध्यक्ष दुर्गा वि सीले जानकारी दिए ।