सिद्धारा, अर्घाखाँची । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको यो बढ्दो संक्रमणबाट बच्न अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ९ र १० का सिद्धाराबासी नोबेल कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गर्ने कार्यमा एकजुट भएका छन । छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण बढ्दै गई रहेका बेला आफ्नो गाँउठाउ समेत संक्रमणको उच्च जोखिममा परेको भन्दै स्थानिय समाजसेवी, बुद्धिजिवी, महिला, युवाहरु एकजुट भएका हुन् ।
स्थानिय समाजसेवी ज्ञानेश्वर बेल्बासे अध्यक्षतामा हिजो शुक्रवार बैठक बसी कोरोना नियन्त्रणको लागि एउटा सशक्त टोल उपसमिति गठन भएको छ । जसको अध्यक्षमा सामाजिक अभियान कर्मी गोविन्द रसायली रहेका छ्न । गाँउमा प्रवेश रोक देखि स्थानिय युवाहरुलाई स्वयमसेवकका रुपमा परीचालन गरी गस्ती गर्ने सम्मको निर्णय गर्दै बैठक सम्पन्न भएको सिद्धाराका अभियान कर्मी एवं उप समितीका अध्यक्ष गोविन्द रसायलीले जानकारी दिए ।
विश्व महामारीकारुमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) लाई गाउँभित्र फैलिन नदिन आवतजावत गर्ने सबै नाका तथा चोरबाटोमा थप कडाई गर्न सक्रिय रुपमा सबै स्थानिय लाग्ने रसायलीले बताए ।
बैठकले नोबेल कोरोना भाईरस (कोभिड-१९) रोकथामका लागि स्थानीय यूवाहरुलाई स्वयमसेवकका रुपमा परिचालन गर्ने निर्णय भएको रसायलीले बताए । गाउँसँग जोडिएका सबै सीमा नाका तथा चोरबाटोहरु अर्को निर्णय नभए सम्मका लागि आवगमन वन्द गर्न युवा परिचालन गरिएको उनले बताए ।
साथै भारत लगाएत विभिन्न देशमा रहेका व्यक्तिहरुको नामावली तथा विवरण संकलन गरी वडा अध्यक्षलाई आवश्यक पहलका लागि अनुरोध गर्ने सम्मका निर्णयहरु गरेका छन ।
नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न प्रथम चरणको औषधी भनेकै पूर्णरुपमा लकडाउनको पालना गरी सबै नागरिकहरुले अनुशासित भई आफु रहेकै स्थानमा रहनुका साथै अत्यावश्यक काम बाहेक घरभन्दा बाहिर ननिस्कने, अनिवार्यरुपमा साबुन पानीले मिचिमिचि हात धुने, पोसिला खानेकुरा खाने, सामान्य स्वास्थ्य समस्यामा देखिएमा नजिकको स्वास्थ्य संस्थामा जाने अर्थात् टेलिफोनको प्रयोगबाट स्वास्थ्य परामर्श सेवा लिन रसायलीले सुझाव दिएका छन् ।
निर्णयहरु :
१) गाउँमा आउने नयाँ मान्छेलाई कामकाे प्रकृति हेरेर प्रवेशमा राेक लगाउने।
२) उपल्लाे सिध्दारकाे बाेरा डाँडा, बालकृष्ण बुबाको पसल,तल्लाे सिध्दाराकाे चारिकाेटे र कसेरी लगायत चाेरबाटाेहरुमा स्थानीयहरुद्वारा रातदिन सुरक्षा दिने
३) पसलहरुबाट बिहान ७:०० बजे देखि ९:०० बजेसम्म सेवा लिने/दिने।
४) एकघरबाट अनिवार्य २४ घण्टा नाकाबन्दीका लागि खट्टिने।
५) भारत लगायत विभिन्न देशमा रहेका हाम्रा नेपाल आउन चाहाने व्यक्तिकाे नामावली संकलन गरि वडाध्यक्षलाई आवश्यक पहलका लागि अनुराेध गर्ने ।