अराज बेल्बासे
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शितगंगा नगरपालिकाका क्वारेन्टिनमा भारतबाट आएका ८ जना थपिएका छन् ।
सम्बन्धीत वडाको क्वारेन्टिनमा बस्ने गरी वडा न १२ को जय कोट आधारभुत विधालयमा ४ जना गौरा मा वि मा १जना वडा न १३ सिमलपाकिो बुद्ध आधारभुत विधालयमा २ जना , रिकोट आधारभुत विधालयमा ४ जना रहेको वडा अध्यक्ष दुर्गा बिसिले जानकारी दिनु भयो । यस्तै वडा नम्बर १३ मा बिभिन्न बिद्यालयमा गरि ८० शैयाको क्वारेन्टिन निमार्ण भएको बिसिले जानकारी दिनु भयो ।
यस्तै वडा न४ को रातामाटा आधारभुत विधालयमा २ जना वडा न ६ को भानु आधारभुत विधालयमा २ जना , सिदार्थ आधारभुत विधालयमा ४ जना ,सिवादह मावि ३ जना, वडा न ८ को लापे मावि रहेको क्वारेन्टिमा १ जना वाड न मा ७ को बालकल्याण आधारभुत विधधालय मा ५ जना वडा न ५को सुधा माविको क्वारेन्टिनमा ४ जना रहेको ,वडा न १० को जन जागृति माविमा २ जना रहेको र ज्योति मावि ७ जना रहेको स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो ।
अहिले शितगंगा नगरपालिकाका क्वारेन्टिनहरुमा सबैगरी ४२ जना रहेका छन् र उनिहरु सबै भारत बाट आएका र उनिहरुको पिसिआर परिक्षण ७ दिन पुगेपछि मात्र गरीने छ । उनिहरुको रीपोर्ट कोरोना नेगेटिभ आएमा उनिहरुलाई सेल्फ क्वारेन्टिनमा बस्ने गरी घर पठाइने छ ।
भारतबाट मानिसहरु आउने क्रम बढिरहेकाले शितगंगा नगरपालिका उच्च जोखीममा रहेको े स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो ।