अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले बिभिन्न शिर्षकको रकमलाई रकामान्तर गरि कोरोना कोषमा जम्मा गरेको छ ।
गाउँपालिकामा सबारी साधन खरिदका लागि बिनियोजन गरिएको झन्डै ३५ लाख तथा गोष्ठी सेमिनारका लागि छुट्टाईएको बिभिन्न शिर्षकको बजेट बिपत ब्यबस्थापन कोषमा जम्मा गरिएको प्रमुख प्रशासकिय अधिकृत बिष्णु घर्तिले जानकारी दिनु भयो ।
हालसम्म १ करोड ११ लाख ७१ हजार ५ सय ३६ रुपैयाँ बिभिन्न निकाए तथा सहयोगी दाताहरु गाउँपालिकाबाट बिनियोजित बजेटबाट संकलन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत घर्तिले जानकारी दिनु भयो ।
महाबिपतका बेला सहयोग गर्ने सबै सहयोगी मनहरुलाई यस्तो उदारणिय कार्य गरेको भन्दै धन्यवाद दिदै बिपत कोषमा रकम सहयोग गर्न सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत घर्तिले निकालेको धन्यवाद पत्रमा उल्लेख छ ।
त्यस्तै मालारानी गाउँपालिकाले अति बिपतमा परेकाहरुका लागि राहात बितरण गर्नुको साथै बजार अनुगमन समेत भारतमा अलपत्र परेका मालारानीबासीलाई गाउँपालिकाले सवारी पठाई ल्याउने र क्वारेन्टाइनमा राख्ने काम भईरहेको प्रशासकिय अधिकृत घर्तिले बताउनु भयो ।