ठाडाको जोगिनीकोटमा भारतबाट आएकालाई क्वारेन्टाइनमा नराखी गाँउमा राखेको भन्दै स्थानिय आक्रोशित

अराज बेल्बासे
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा ४ ठाडाको  जोगिनीकोटमा  भारतबाट आएका मानिसहरुलाई जानकारी र सावधानी बिना क्वारेन्टाइनमा नराखी गाँउमा राखेको भन्दै स्थानिय आक्रोशित भएका छन् ।   
भारतबाट आउनेहरुलाई नगर प्रमुखले पटक पटक सावधानी बिनानै राखेकोले जोखिम बढेको भन्दै स्थानिय आक्रोशित भएका हुन् । 
रातिमा आउनेहरुलाई नगर प्रमुखले क्वारेन्टाइनमा नराखी खुल्ला गाँउमा राख्ने र उनिहरुको निग्रानी नहुने भएकोले उनिहरु गाँउमा समेत निस्कने गरेकोले अब यस्ता ब्यतिहरु गाँउमा नराखी क्वारेन्टाइनमा राख्न गाउँलेहरुले अनुरोध गरेका छन । 
स्थानिय सुरेन्द्र बेल्बासेले स्थानियतहहरुले निमार्ण गरेका क्वारेन्टाइनमा नराखी गाउँको क्षेउमा बिना सुरक्षा राख्दा जोखिम बढेकोले अब त्यसरी नराख्न अनुरोद गर्दै सचेत हुन नगरपालिकाका जनप्रतिनिधीलाई  अनुरोध गर्नु भयो ।
शितगंगा नगरपालिकाले बिभिन्न बिद्यालयहरुलाए क्वारेन्टाइनको रुपमा बिकास गरेकोले पनि अलपत्र परेका तथा बास बस्ने भारत तथा अन्य स्थानबाट आउनेहरुलाई सुरक्षित स्थानमा राख्नु पर्नेमा गाउँ त्रसित हुने गरि खुल्ला गाँउमा राख्दा गाँउ नै त्ररिद भएकोले सुरक्षा र मापडण्ड बिपरित नराख्न स्थानिय कुमार केसब सिहं बेल्बासेले अनुरोध गर्नु भयो ।
यस्तै शितगंगा नगरपालिका वार्ड नम्बर ४ का वडाअध्यक्ष दामोदर अधिकारीले आफुलाइ पछि मात्र जानकारी भएकोले ब्यवस्थापन गर्न नसकेको बताउनु भयो । अब आउनेहरुलाई बिद्यालयमै ब्यवस्थापन गर्ने गरि कार्य अगाडी बढेको उहाँले बताउनु भयो ।
यति बेला बिश्वनै कोरोना भाएरसको त्रासमा रहेको छ भने नेपालमा समेत अहिले बढ्दो अबस्थामा छ । खासगरि भारतबाट आउने नागरिकहरुमा कोरोना बढी देखिन थालेपछि स्थानियहरु त्रसित भएरहेको बेला जनप्रतिनिधीहरुले भारतबाट आउनेहरुलाई शुरक्षा र ब्यवस्थापन बिना राख्दा स्थानियहरु आक्रोशित भए दुर्घटना समेत बढ्न सक्ने भएकोले यस्ता कुरामा सचेत हुन जरुरी छ  । 
भारतबाट आउनेहरु संक्रमित नै भएको जस्तो ब्यवहार हुने गरेकोले सबैले त्यो सोचाइ त्याग्नु जरुरी छ । उनिहरुलाई यो समयमा आफु सचेत रहदै सहयोग गर्न जरुरी छ भन्ने वार्डबासीको भनाई रहेको छ ।

अन्य समाचारहरु