अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले देश विदेशमा रहेका आफ्ना स्थानियबासीहरुलाई फर्कन चाहेमा सहयोग गर्ने भएको छ ।
मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण शर्मा आचार्य र उपप्रमुख प्रमिला छेत्रीले संयुक्त रुपमा विज्ञप्ती जारी गरी देश विदेशमा रहेका आफ्ना स्थानियबासीहरुलाई फर्कन चाहेमा संपर्क गर्न अनुरोध गरेका हुन् ।
साथै फर्कन चाहेमा देश विदेशमा रहेका आफ्ना स्थानियबासीहरुलाई सबै प्रकारको सहयोग गर्ने समेत उल्लेख गरेका छन् ।
अध्यक्ष आचार्यले देश तथा बिदेशबाट घर फर्कने व्यक्तिले नेपाल सरकारले बनाएको मापदण्डमा रही अनिबार्य रुपमा क्वारेण्टाइनमा बस्नुपर्ने बताउनुभयो ।
मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण शर्मा आचार्यले भारतबाट आउने अर्घाखाँचीबासीहरुलाई नियमित सुनौली, कृष्णनगर सिमानाकामा बस पठाएर जिल्ला भित्राएका छन् ।
यस्तो छ विज्ञप्ती :