नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४५७, मृतकको संख्या ३, डिस्चार्ज ४९ जना

बिहीबार साँझ थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। संक्रमितहरूमध्ये कपिलवस्तुका १९ वर्षीय युवक र बाँकेका ३२ वर्षीय पुरुष र ४२ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
उनीहरूको भेरी अस्पताल नेपालगन्ज र प्रदेश प्रयोगशाला रुपन्देहीमा परीक्षण भएको हो। 
योसँगै संक्रमितको संख्या ४ सय ५७ पुगेको छ। जसमा तीन जनाको मृत्यु भएको र ४९ जना निको भएका छन्। 
आजै बिहान १७ जना र दिउँसो थप ९ जनामा संक्रमण देखिएको थियो। सेतोपाटीमा समाचार छ ।