नयाँ नक्सासँगै जोडिएको राजनीति

पपुलर बेल्बासे
असुरकोट, भुमिकास्थान नगरपालिका, अर्घाखाँची  
पछिल्लो राजनैतिक सरगर्मीले मुलुक तरंगित भएको छ। भारतले नेपालको भुभाग मिचेर बाटो बनाउने बिषय देशको सबैभन्दा उत्कर्षको बिषय बनेको छ। नेपालमा भने नेपाल सरकार ले भारत ले अतिक्रमित भुभाग सहितको राजनैतिक नक्सा सार्वजनिक गरेको छ। केहि जनताहरु सरकारको काम लाइ महानताको संज्ञा दिदै तालि बजाएका छन् भने केहि जनता यो सरकारको नया चाल हो भनेर नया नक्सा लाइ स्वागतम त गरेका छन् तर कार्वान्यनको अबस्था निक्कै कठिन रहेको भन्दै भारत संग अबिलम्ब कुटनैतिक पहल  बढाउन सुझाब दिएका छन्। बुद्धिजीवी हरुको मंच त झन् न तात्ने कुरै भएन नक्सा सार्बजनिक हुदै मा हाम्रो जमिन कुनै कुटनैतिक पहल बिना आफ्नो नहुने भन्दै वकालत गरिरहेका छन्। के नक्सा बन्यो भन्दै मा हामी यति धेरै उत्साहित हुनु जरुरि छ त ? के अब यो सरकार ले भारत ले दाबि गरेको भुमिमा आफ्नो अधिग्रहण गर्न सक्ला त भन्ने प्रश्न हरु सबै तिर उठेका छन। तर म यो समसामयिक राजनैतिक गतिबिधि हेर्दा अलिक फरक किसिमको र यसलाई केहि भाग मा विभाजन गरि विश्लेषण गर्न चाहान्छु।  
खासमा चलिरहेको कुरा र मेरो बुझाइ फरक होला तर मलाइ यो राजनैतिक चतुर्‍याइँ बाहेक केही होइन भन्ने लागेको छ । सर्बप्रथम मेरो पहिलो बुझाइमा अहिले सरकार ले नक्सा ल्याउदै गर्दा हामी सम्पूर्ण नेपालि खुसिले गदगद भएका छौ । आम जनताहरु खुसि ले हर्षित छन् सायद पछिल्लो  साढे २ बर्षको अबधीमा सरकारले जवाफदेहिता ,जिम्मेवारी बहन र देश प्रति आफ्नो उत्तरदाइत्त्व देखाएको पहिलो पटक हो। देशको नया नक्सा आयो त जमिन पनि फर्किन्छ भन्ने  भान क्याडेट कार्यकर्ता देखि धेरै मानिसहरुमा अबस्य परेको छ।सरकार पनि अहिले यो महामारीको समय मा नक्सा ल्याउदै गर्दा त्यति ठुलो राजनैतिक परिवर्तन नआउने र रास्ट्रीयता को कुराले आम जनता एकीकृत हुने र सरकार को काम र कर्तब्य पुरा भएको देखाउने मनसाय बाट आगाडी बढेको सजिलै अनुमान लगाउन सकिन्छ। तर यति लामो समय हाम्रो भुभाग मा सेना को ब्यारेक राखेर बसेको भारतिय सुरक्षा बल के यहि कारण ले फर्किएला  त? आम मानिस भएर सोच्दा नेपालि भुमि बाट जहिले सम्म भारतिय सुरक्षा बल फिर्ता हुदैन तब सम्म हामी नक्सा बनाएर बस्ने मात्रै हो र अहिले बनाएको नक्साले अहिले खोसिएको भुमीको अधिपत्य निर्धारण गर्दैन। 
नेपाल  कम्युनिस्ट पार्टिभित्रको राजनितिक किचलो र जुँगाको लडाइले  अबस्था ले मुलुक को राजनीतिमा पनि प्रभाब देख्न सकिन्छ र यो मेरो अर्को बुझाइ हो। अहिलेको ने० क० पा० पार्टी भित्रको शक्ति असन्तुलन को परिस्थिति मा समीकरण मिलाउन अनेक प्रयास हुँदै गर्दा समस्या समाधान को अबस्था सम्म अझै पुगेको छैन। कोरोना समय पछाडी सरकार परिबर्तन को कुरा सम्माननिय प्रधानमन्त्री आफैले ले प्रस्ताब गर्नुभएकै छ। बिगत लामो समय देखि नेपालको राजनैतिक परिबर्तन मा भारत ले हस्ताक्षेप गरेको जगजायर नै छ। अहिले संसार कोरोना भाइरस संक्रमण संग लडिरहेको र त्यसलाइ निर्मुल पार्न तर्फ ध्यान केन्द्रित गर्दै गर्दा यो बिबाद त्यति उत्कर्ष मा नपुग्ने र भोलि कोरोना पछाडी को समयमा पार्टिको कारण वा यो भुमि बिबादको कारण ले गर्दा भोलि सरकार बाट हट्दै गर्दा राजनेता हुने अभिलाषा राखेर  आम जनमानस मा खोक्रो रास्ट्रबाद को हावाले सोझा जनता माझ आफुलाई  सदैब रास्ट्रबादी देखाउदै बिदा हुने र जनता को नजरमा रास्ट्रबादि नेता भएको देखाउन सक्ने देखिन्छ।  साथै यो परिस्थिति मा आफ्नो कुर्सि बच्ने र यो बिषय लाई लियर भारत ले राजनीतिक हस्ताक्षेप गरेर कुर्सी जोगाउन नसके पनि अब अर्को समकालीन मित्र  प्र०म० भएर आउदै गर्दा उसको राजनैतिक करिअर धोस्त पार्ने प्रतिशोधी भावना बाहेक केही अरु हो जस्तो लाग्दैन ।
वास्तममै यो राजनैतिक चतुर्याई ले अब कोभिड १९ पछाडीको समयको कुर्सिको चलखेल को लागि अत्यान्तै ठुलो चुनौती बनाएको छ। यदि आफुले सत्ता छाड्नुपर्यो भने राजनेताको बिल्ला भिरेर सदाका लागि जनता माझ  प्रेरणा बन्ने तर अर्को समकालिन साथीको लागि अभिसाप बन्दै प्रधानमन्त्रीको कुर्सि “फलामको चिउरा” साबित हुने पक्का पक्कि भएको छ। यदि भोलिका दिनमा कुनै नेता प्रधानमन्त्रि भएर आउदै गर्दा सिमा बिबाद र रास्ट्रीयता लाइ कस्न सक्ने सामर्थ्य बोकेर आउनु पर्ने देखिन्छ यदि त्यसो  हुन सकेन भने कलंकित अनुहार बोकेर फर्किने दिन पर्खेर बस्नुको विकल्प छैन।
सामान्य तवर बाट हेर्दा हाम्रो भुमिमा बिगत लामो समय देखि भारतीय सुरक्ष्याकर्मी बसेको पाइञ्छ। सन् १८१६ को इस्ट इंडिया कम्पनि र नेपाल सरकार बिच भएको सुगौली सन्धि मा काली पश्चिम को भूभाग नेपाल भनेर प्रस्ट्याइएको छ तैपनि बिगत लामो समय देखि भारत ले काली नदि भनेर काली नदि संग जोडिएको साखा खोला लाइ महाकाली नदीको मुल धार भन्दै आइरहेको छ । नेपालको लिम्पियाधुरा, लिपुलेख र कालापानीको भूभाग आफ्नो दाबि गर्दै आइरहेको छ। पछिल्लो समयमा त भारतले मानसरोबर सम्म बाटो पुराउन सिलान्यास गरिसकेको छ। यो कोभिड १९ को  विषम परिस्थितिमा भारतले नेपाल प्रति गरेको यो चरम दुर्ब्यावाहार हो। हाम्रो देशको सरकार र भारत सरकारको यो कोभिड १९ समयमा सम्पन्न गरेका र बर्तमान घडिमा चलिरहेका कार्यविधि र कार्य योजना हरु तपाइँ हामि देख्न सक्छौ भारत सरकार आफ्ना नागरिक र देश प्रति अत्यन्तै संबेदनशील छ। त्यो हामि भारत सरकार ले गरेको सुरुवाती अभ्यासहरु र सामाजिक चेतना फैलाउने कार्यहरु बाट थाहा पाएका छौ। अब कोरोना पछाडी हाम्रा सम्माननिय प्रधानमन्त्री ज्यु को अगाडि के मोदी सरकारले घोडा टेकेर यो गोर्खाली वीर को भुमी हो भनेर कदापी दिन्छ जस्तो लाग्दैन ।
समग्रमा मलाइ जन बादी गायक जीवन शर्माको एउटा गीत स्मरण आयो “एउटा सानो रास्ट्रले साहास गरे ठुला ठुला साम्राज्य पनि भत्काउन सक्छ ” हो यहि आवास्यक छ अब हाम्रो मुलुक को सार्वभौमसत्ता जोगाउने नै हो भने अब हामि उठ्नु जरुरि छ , जुट्नु जरुरि छ। सम्पुर्ण नेपालि एकजुट भएर सरकार लाइ साथ दियौ र मुलुक हाक्ने कार्यकारी देखि जनप्रतिनिधि हरु एक जुट भएर अन्तिम प्रयास स्वरुप अब नेपाल ले अन्तरास्ट्रिय समुदायमा गएर वा रास्ट्र संघ वा अन्य कुनै सस्था जस्तो अन्तरास्ट्रिय अदालत माझ अपिल गरेर हाम्रो भुभाग हाम्रै हो भारत ले हेपेर अधिग्रहण गरेको हो भन्ने कुरा को पुष्टि गर्नु जरुरी देखिन्छ। यदि आज सम्म हाम्रा पुर्खाले जस्तै देश को गरिमा र स्वाधिनता र सार्वभौमसत्ता को रक्षा गर्न सकेको भए र यति  ठुलो मुटु भएको शासक मेरो मुलुक ले जन्माएको भए हाम्रो मुलुक अहिले पूर्व मा टिस्टा र पश्चिम मा काङ्गडा सम्म फैलिएको हुन्थ्यो होला। किनकि इस्ट इंडिया कम्पनीले एउटै मुलुक भारत बाट पाकिस्तान र बंगलादेश टुक्राउन  सक्ने र हाम्रो मुलुक फिर्ता दिन नसक्ने हुदैनथ्यो होला त्यो बेला हाम्रो मुलुक मा रास्ट्रबादी नेता र कार्यकारी हुन्थ्यो भने। 
आज सम्म बिश्वका धेरै महानतम मुलुक कहालियका बेलायतको अक्स्फोर्ड बिश्वबिद्धालय र संयुक्त राज्य अमेरिका को हावार्ड बिश्वबिद्धालय को इतिहास पाठ्यक्रममा पक्कै हाम्रो देशको पृष्ठभुमि र इतिहास छापिएको हुने थियो र अहिले सर्ब शक्तिमान र बिकशित कहलिएका मुलुकका आम मानिस नेपाल भारत को राज्य हो भन्दै बुझ्दैनथे होला। त्यसैले देशको गौरब र स्वाधिनता को लागि अन्तरास्ट्रिय स्तरमा हाम्रो समस्या लानु नै बुद्धिमानी होला कि ??