कोरोना महामारी रोकथाममा उत्प्रेरणाको भुमिका

– हरि खड्का
कोरोना अर्थात कोभिड १९ महामारीको चपेटामा बिश्व नै अलमलमा परेको अबस्था छ । मानिसहरु घरको सांघुरो चार दिवार भित्र खुम्चिएर बस्नु परेको छ । अर्थब्यबस्था शिथिल छ । करोडौ मानिसहरुले रोजगार गुमाउनु परेको छ । बिश्व खाध्य कार्यक्रमका प्रमुख अर्थशास्त्री एरिफ हुसेनले २६ करोड मानिसहरु भोकमारीको चपेटामा पर्ने आंकलन गरेका छन । बिकसित राष्ट्रहरुलाई समेत छटपटी बनाईरहेको महामारीले नेपाल जस्ता बिकासोन्मुख राष्ट्रहरुमा एक किसिमको पिडा थापिदिएको छ । आम मानिसमा समेत एक किसिमको हतास, त्रास, भयको वातावरण श्रृजना गरेको छ । बिश्वभर सङक्रमणीतको सङख्या झन्डै  ४९ लाखको हाराहारीमा भईसकेको लगभग ३ लाख २२ हजार जनाले ज्यान गुमाएको अवस्था छ । (Update May, 21 4.29 PM)  महामारीलाई दोस्रो बिश्वयुद्द पछिको हतियार बिनाको अर्को युद्दको संज्ञा  पनि दिईएको छ । पछिल्लो समयमा नेपालमा पनि सङक्रमितको सङख्या नसोचेको अनुपातमा बढ्नुले पनि अबका दिनहरु राज्य लगायत हामी सबैको लागि जटिल एबमं चुनौतिपुर्ण छन् । बिश्वमा स्वास्थ्यको क्षेत्रमा अब्बल ठानिएको इटाली त्यस्तै गरि शक्तिमान राष्ट्रहरु अमेरिका, फ्रान्स, बेलायत जस्ता मुलुकहरुलाई समेत आक्रान्त बनाएको यस महामारीले नेपालको अबस्था के होला ?
यस जटिल परिस्थितिमा राज्य, राजनैतिक दलहरु, उच्चस्तरिय समन्वय समिति, कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स), स्वास्थ्य मन्त्रालय, स्वास्थ्य बिभाग, स्वास्थ्य संस्थाहरु, सुरक्षा निकायहरु, प्रदेश सरकार, स्थानिय सरकारहरु, स्वास्थ्य कर्मीहरु,सरसफाईकर्मीहरु, सामाजिक अभियन्ता तथा स्वयम नागारिकहरु अझ जिम्मेवार देखिनुपर्ने हुन्छ । यस  जटिल अवस्थालाई ब्यबस्थापन गर्न  र महामारीलाई समेत न्युनिकरण गर्नको लागि राज्यको ठुलो भुमिका देखिन्छ । आवश्यक बजेट ब्यबस्था गर्ने, राहत कार्यक्रम घोषणा गर्ने, स्वास्थ्य सामाग्रीहरु औषधिहरुको समयमा जोहो गर्ने देखि लिएर महामारी न्युनिकरण संग सम्बद्द सम्पूर्ण स्टेकहोल्डरहरुलाई परिचालन, निर्देशन, संयोजन, उत्प्रेरित Feedback लिने, कोरोना पहिचान, उपचार सम्बन्धि जानकारी लिने दिने आदि ईत्यादि । बिशेष गरि सङक्रमणको पहिचान, रोकथाम , उपचार र नियन्त्रण संग प्रत्यक्ष संलग्न हुने जनशक्तिहरुलाई उत्प्रेरित गर्दै महामारी संग जुध्नु पर्ने देखिन्छ । उच्च मनोबलले  नै रोग संग लड्ने प्रतिरोध क्षमतामा बृर्दि गर्ने हुनाले क्वारेन्टाईन, आईसोलेसनमा बसेकाहरु मात्र नभएर आम नेपाली जनताहरुको समेत मनोबल पनि उच्च राख्नु पर्ने देखिन्छ । 
उत्प्रेरणाको शाब्दिक अर्थ उन्मुख, झुकाब, अग्रसर गराउनु हो । उत्प्रेरणा मनोबैज्ञानिक मानबिय पक्ष हो जुन निश्चित उदेश्य पुरा गर्नको लागि काम प्रति उत्सुक गराउने कार्य संग सम्बन्धित छ । सांगठनिक दृष्टिकोणबाट हेर्दा उत्प्रेरित कर्मचारीबाट मात्रै संस्थाले निश्चित उदेश्य निश्चित समयमा प्राप्त गर्न सक्छ । उत्प्रेरणा मानिसको मनोबिज्ञान संग सम्बन्धित भएकोले यसलाई अलि जटिल प्रक्रियाको रुपमा पनि लिईन्छ । कुनै ब्याक्तिहरु बित्तिय साधनहरुले उत्प्रेरित हुन्छन भने कुनै ब्याक्तिहरु गैर बित्तिय साधनहरुले उत्प्रेरित हुन्छन । उत्प्रेरित कर्मचारीहरुबाट मात्रै लक्ष्य हासिल संभब देखिन्छ । कोरोना अर्थात कोभिड १९ बैश्विक महामारीले आक्रान्त भएको अबस्थामा यसलाई न्युनिकरण गर्नको लागि बिशेष गरि अग्रपङ्कतीमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मीहरु, डाक्टरहरु, नर्सहरु, पारामेडिक्स, प्रयोगशालाकर्मी, इमेजिङ सेवाप्रदायक, सरसफाईकर्मी, एम्बुलेन्स चालक र सहायक इलेक्ट्रिशियन तथा प्लम्बर, प्रशासनिक तथा अन्य सहायक कर्मचारीहरुलाई राज्य, समाजले उत्प्रेरित गराउनुपर्ने देखिन्छ । 
पछिल्ला दिनहरुमा कोभिड-१९ को उपचारमा संलग्न जनशक्ति माथि बिभिन्न ठाउहरुमा भएको अमानबिय ब्यवहार, आक्रमणले उक्त जनशक्तिलाई उत्प्रेरणाको सट्टा झन उपेक्षा गरे जस्तो देखियो । स्वास्थ्यकर्मीहरुलाई घरबेटीहरुबाट घरमा पस्न रोग लगाएका , टोलमा पस्न प्रतिबन्ध लगाउनु, बिभिन्न किसिमको बहाना बनाई स्वास्थ्कर्मीको घरमा लुटपाट गर्नु, उनिहरु चढेको सबारी साधनमा नै हातपात गर्नु, अतयन्तै निन्दनिय घटनाहरु भए । आफ्नै स्वास्थ्यका रक्षकहरुलाई उत्प्रेरित गर्नुपर्नेमा उल्टै अमानविय ब्यवहार देखिनु कोरोना रोग प्रतिको भय र त्रासका पनि हुन सक्छ साथै सामाजिक सोच र चिन्तनको पराकाष्टा पनि देखियो । नेपालमा महामारीको बिकराल रुपको त कल्पना नगरौ नहोस पनि तर महामारी अलि ब्यापक रुपमा फैलियो भने यो भन्दा जटिल समस्या देखिन सक्छ । यो तर्फ पनि समयमै सचेत हुनुपर्छ । महामारीको उच्च चरणमा स्वास्थ्यकर्मीहरुलाई आफ्नै  घरबाट समेत अवरोध नहोला भन्न सकिदैन । यस्ता घटनाहरु फेरि दोहोरिन नदिनको लागि राज्यले बिशेष पहल गर्नुपर्ने देखिन्छ । बन्दा बन्दीको कारण होटल ब्यबसाय सुस्ताएको सन्दर्भमा उनिहरुलाई बस्न, खानको लागि अस्पतालको पायकमा रहेका गुणस्तरिय  होटेलहरुमा बस्ने ब्यबस्था गर्ने र अस्पताल सम्म पुग्न तथा फर्कनको लागि यातायातको सुबिधा समेत ब्यबस्था गरेको खन्डमा यो समस्या समाधान हुन सक्ने देखिन्छ । आगामी दिनहरुमा उक्त कार्यमा खटिने जनशक्तिले त्यो पिडा भोग्न नपरोस । अर्को पक्षबाट हेर्दा कोभिड १९ सरुवा रोग भएकोले पनि सुरक्षाका विधिहरु समयमा अपनाईएन भने स्वयम स्वास्थ्यकर्मीमा नै सर्न सक्ने प्रबल संभावना देखिन्छ । ज्यान नै जोखिममा राखेर अहोरात्र खट्नु पर्ने बाध्यात्मक परिस्थिति एकातिर छ भने अर्कोतिर सामाजिक अपहेलना , घर परिवारका सदस्यहरु, काखे नानीहरु छोडेर अहोरात्र खटिनु परेको पिडा देखिन्छ । सबै पिडामा रहेर यसरी अग्रपङ्कतिमा काम गर्ने जनशक्ति  कसरी उत्साहित होला ?  अर्को पक्षबाट बिश्लेषण गर्दा  यो शक्तिनै  कोरोनाको चपेटामा पर्यो भने अर्को  Crisis  उत्पन्न हुने देखिन्छ । पछिल्ला दिनहरुमा नेपालमा पनि छिटफुट केहि सुरक्षाकर्मी, नर्स तथा चिकित्सकहरु नै कोरोनाबाट प्रभावित भएको देखिएको छ । जसले गर्दा पनि राज्यले यस्ता जनशक्तिहरुलाई उपर्यक्त सुरक्षा सामाग्रीहरुको ब्यबस्था समयमा गर्नुपर्ने देखिन्छ । 
नेपाल सरकारले उपचारमा संलग्न हुने जनशक्तिहरुलाई उत्प्रेरित गर्नको लागि नेपाल सरकारले कोरोना भाइरसको सङक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता ब्यबस्थापन आदेश २०७७ को दफा २ मा उल्लेखित जनशक्तिहरुलाई दफा ३ बमोजिम कार्य गर्ने जनशक्तिलाई दफा ७ बमोजिमको बिभिन्न आधारहरु (कामको आधारमा ) बनाएर दोहोरो नपर्ने गरि कर्मचारीको शुरु तलबको ५०, ७५  ,१०० प्रतिशत सम्म जोखिम भत्ताको ब्यबस्था गरेको छ । यस्ता किसिमका बितिय साधनहरुले पनि माथि उल्लेखित जनशक्तिहरुलाई महामारी न्युनिकरणको लागि केहि हदसम्म उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ । 
कोभिड-१९ का बिरामीहरूको उपचारमा प्रत्यक्षरूपमा संलग्न स्वास्थ्यकमी तथा अन्य कर्मचारीहरूको व्यवस्थापन सम्बन्धि मार्ग निर्देशन, २०७७ जारी गरिएकोमा जसबाट लगातार १४ दिनसम्म दैनिक बढीमा १० घन्टा सम्म काम गर्नुपर्ने तोकेको छ । बिरामीहरूको उपचारमा प्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू सिधै घर परिबार संग प्रत्यक्ष सम्पर्कमा जानु भन्दा पहिले १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने उक्त क्वारेन्टाईन भरसक अस्पताल भित्रै तोकिएको मापदन्ड पुरा गरेको हुनु पर्ने । यदि संभव नभएको खन्डमा आधारभुत सुविधा सहितको गुणस्तरिय, सुरक्षित पहिचान गरेको भवनमा ब्यबस्थापन गरिनुपर्ने ब्यबस्था गरिएको छ ।  नभएमा अस्पताल देखि नजिकको गुणस्तरिय र सुरक्षित होटलमा आउन जान यातायातको सुविधा सहित ब्यबस्था गर्नु पर्ने ब्यबस्था गरेको छ जसलाई पुर्ण रुपमा कार्यान्वयन गराउनुपर्ने देखिन्छ । उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरूको लागि गुणस्तरीय तथा स्वस्थ खानपान, सरसफाई र आवासको व्यवस्थाको लागि वास्तविक खर्चका आधारमा प्रति ब्याक्ति दैनिक  रू २००० मा नबढ्ने गरि अस्पताललाई रकम उपलब्ध गराउने । व्याक्तिगत सुरक्षाका बिषयमा रोष्टरमा रहेका र अन्य स्वास्थ्यकर्मी कर्मचारीहरूलाई तालीम वा समय समयमा थप जानकारी दिने । उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मीहरू र निजका  परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवा उपलब्ध गराउने । क्यारेन्टाईन अवभि र ७ दिन बिदालाई कार्य अवधिमा गणना गरि निजहरुले नियमित रुपमा पाउने तलब भत्तमा उपलब्ध गराउने लगायत निजहरुलाई कोभिड १९ पोजिटिभ देखिएमा प्राथामिकतामा राखि उपचार गराउने आदी इत्यादि जस्ता ब्यबस्थाहरु गरेबाट पनि  उक्त जनशक्तिलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्यकर्मी मात्र नभएर क्वारेन्टाईनमा बसेकाहरुमा पनि एक किसिमको उर्जा दिनु जरुरी छ । मानिस क्वारेन्टाईनमा बस्दा भय त्तास नहोस भन्नका लागि क्वारेन्टाईन किन बसिन्छ, कोरना कस्तो रोग हो, के यो रोग लाग्न बित्तिकै मानिस मर्छ की मर्दैन आदि जस्ता बिषयहरुमा जानकारी दिने ।  उनिहरुको Monotonous हटाउनको लागि बेला बेलामा योगहरु , ध्यानहरु, नृत्य, संगितको ब्यबस्था गर्यो भने उनिहरुमा एक किसिमको उत्प्रेरणा उत्पन्न हुन्छ । पछिल्ला दिनहरुमा क्वारेन्टाईन निर्धारित मापदन्डको नभएको भन्ने गुनासोहरु आइरहेको सन्दर्भमा क्वारेन्टाइन बनाउदा मापदन्ड पुरा गर्नुपर्ने, मापदण्ड पुरा नभएका क्वारेन्टाईनहरु तुरुन्त निर्धारित मापदण्डका बनाउनु पर्ने त्यस्तै गरि  स्वस्थ खानाको ब्यबस्था गर्नु पर्ने देखिन्छ ।
सङक्रमित बिरामीलाई त झन आत्मबल बढाउने किसिमले सुमधुर ब्यवहार गर्नु पर्नेमा,समय समयमा हौसला बढाउनु पर्नेमा उपचारमा संलग्न स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने देखिन्छ त्यस्तै गरि स्वयम बिरामी पनि संयमित धैर्य हुनु आवश्यक छ  । सामाजिक सन्जालहरुमा पोष्ट हुने अनाबश्यक हल्ला, अफवाह फैलाउने खालका समाचारहरुले आम नागरिकहरुमा एक किसिमको भय, त्रासको स्थिति देखापरेको छ । जसको लागि स्वयम नागरिक पनि अति सतर्क र चनाखो बन्दै आधिकारीक वेभसाईटहरुबाट प्राप्त सूचनाहरुलाई मात्रै बिश्वास गर्नुपर्ने देखिन्छ ।  बन्दा बन्दीको कारण घरभित्रै बस्दा मानिसहरुमा बिभिन्न किसिमका मनरोगहरु लाग्न सक्ने समस्या देखिन्छ । जसलाई कम गर्नको लागि घर मै शारिरक ब्यायम, योगा, जस्ता कार्यहरु नियमित रुपमा गर्ने बानी बसाल्नु पर्ने देखिन्छ । संयमित भएर कोरोना सम्बन्धि WHO का निर्देशनहरु पालना गर्नुपर्ने देखिन्छ । 
बैश्विक महामारी कोभिड १९ संग जुध्नको लागि राज्यको अहंम भूमिका हुन्छ । नेपालमा तिन तहका सरकारहरु भएको परिपेक्ष्यमा सबै तहका सरकारको भुमिका खरो देखिनु पर्दछ । राज्यले बैश्विक महामारी संग जुध्नको लागि माथि उल्लेख गरेका कार्यहरुको साथै संलग्न सम्बद्द सबै पक्षहरुलाई उत्प्रेरित गर्नुपर्छ ।  कोभिड १९ पहिचान, रोकथाम, नियन्त्रणमा अग्रपङ्तिमा खट्ने जनशक्ति भलै आर्थिक रुपमा राज्यबाट दिईएका सुविधाहरु कम होलान तर  पनि स्वयम उत्प्रेरित भई लाग्नु पर्ने देखिन्छ । कसैले भनेको कथन सापटी लिदै बैश्विक महामारी कोभिड १९ को कारण मन्दिर, गुम्बा, मस्जिद, चर्च  आदि आदि बन्द भएको अबस्थामा हाम्रा अस्पताल, स्वास्थ्य केन्द्रहरूनै  मन्दिर, मठ, मस्जिद, चर्च भएका छन भने उक्त कार्यमा खट्ने सम्पुर्ण स्वास्थ्यकर्मीहरु भगवान बनेका छन । अत यो मिठो कथनलाई आत्मसाथ गर्दै अग्रपङ्तिमा रहेका जनशक्तिहरु पनि यस महान पुण्य कार्यमा स्वउत्प्रेरित भई परिचालित हुनुपर्ने देखिन्छ । नेपालमा अहिले कोरोना सङ्क्रमित बाहेकका अन्य रोगहरुको उपचार नपाउने स्थिति बनेको अबस्थामा  निजि स्तरका अस्पताल, नर्सिङ् होमहरुले पनि सहयोगीको भूमिका खेल्नु पर्ने देखिन्छ । कोरोना बिरामीहरुको चाप अत्याधिक भएको अबस्थामा  उपचार गर्ने सन्दर्भमा पनि  निजि क्षेत्रका अस्पतालहरु अग्रसर बन्नु पर्ने  देखिन्छ । महामारीको अबस्थालाई पार लगाउन समाजले पनि सहयोगी भुमिका निर्बाह गर्दै सरकारले गरेका आग्रहहरु पालना गर्ने गराउने, उपचारमा प्रत्यक्ष संलग्न हुने जनशक्तिलाई हतोत्साही नभएर उत्साही बनाउदै जानुपर्ने देखिन्छ । अन्तमा कोभिड १९ महामारी न्युनिकरण अभियानमा  सत्य, तथ्य  जानकारीमुलक समाचारहरु प्रकाशन,  प्रसारण गर्नेका साथै संलग्न सम्बद्द सम्पुर्ण सबैलाई उत्प्रेरित गर्नको लागि सन्चारकर्मी तथा मिडिया हाउसहरुले पनि अहमं भूमिका निर्बाह गर्नुपर्ने देखिन्छ । 
– अस्तु