अराज बेल्बासे
ठाडा, अर्घाखाँची जेठ ९ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर ३ ले आफ्ना किसानहरुलाई धाको बिउ बितरण गरेको छ ।
नगरपालिकामा रहेका किसानहरु लाई शंकर ३१२ नाम धानको बिउ ७५ प्रतिसत छुटमा बितरण गरेको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनु भयो । वडामा रहेका हरेक किसानलाई माग गरे बमोजिम धानको बिउ उपलब्ध गराएको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनु भयो ।
कृषकहरु लाई प्रोत्साहन गर्ने उदेश्यले किषकहरुलाई बिउ बितरण गरिएको भुसालले जानकारी दिनु भयो साथै किसानहरुलाई मलको पनि ब्यवस्थापन गर्नेमा आफु सकारात्मक रहेको भुसालले बताउनु भयो । आगामी बजेट कृषि क्षेत्रमा बिषेस गरि लगानी गर्ने योजना रहेको वडा अध्यक्ष भुसालले बताउनु भयो । साथै कोरोना भाइरसले गर्दा गाँउ फर्केका युवाहरुलाई प्रोत्साहन गर्न वडामा रहेका बाँझो खेत तथा बारीमा खेति गर्न अनुरोध गर्नु भयो । बाझो रहेको खेतबारीमा खे ितगर्न किसानलार्य बाँझो खन्न समेत बजेट ब्यवस्थापन गर्ने तथा बिउपल समेत निशुल्क उपलब्ध गराउने बताउनु भयो ।
वडा नम्बर ३ ले किसान तथा बिभिन्न क्षेत्रमा उल्लेखनिय काम गरेको छ । बिभिन्न क्षेत्रलाई बिषेस जोन क्षेत्र समेत तोकेर कृसानहरुलाइ राहत र प्रोत्साहनको काम भएको भुसालले बताउनु भयो । गत चैत १ गते आएको असिनाले धेरै किसानको नोक्सान गरेकोले त्यस्ता किसानहरुको लागि पनि राहत प्याकेजको ब्यवस्थापनमा जुटेको बताउनु भयो ।
यो बर्ष बिभिन्न योजनाहरु केरोना भाइरसको कारणले प्रभाबित हुने सम्भावना रहेकोले पनि यसले गर्दा पनि किसान तथा भारत र अन्य मुलुक बाट आउने हरुका लागि कृषि क्षेत्रमा लगानी गर्ने गरि आगामी बजेट ल्याउने तयारीमा समेत रहेको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनु भयो ।