अराज बेल्बासे
जेठ १२ अर्घाखाँची । शितगंगा नगरपालिकामा लकडाउनको समयमा भारत बाट आउनेको सख्यामा वृद्धि हुँदै गएको छ ।
नगरपालिकाका १४ वडामै भारत बाट आउनेहरु बढ्दै गए पछि ब्यवस्थापनमा समेत नगरपालिकालाई चुनौती थपिएको छ । शितगंगा नगरपालिकामा ६५० जना बिभिन्न क्वारेन्टाइनमा बसेका छन करिव ५० वटा बिभिन्न बिद्यालयहरु यति बेला क्वारेन्टाइनको रुपमा प्रयोग भएरहेका छन ।
वडा नम्बर १ मा अहिले ६० जना क्वारेन्टिनमा रहेका छा त्यहा अझै २५ जना आज राति नै आउने वडा अध्यक्ष बुद्धि कृष्ण पौडेलले जानकारी दिनु भयो , यस्तै वडा नम्बर २ मा १०५ जना अहिले क्वारेन्टिनमा रहेका छन उनिहरुलाइ स्वास्था सामाग्री समेत बितरण भएको हाम्रा सहकर्मी झनक केसीले जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर ३ मा भारत बाट आएका २४ जना क्वारेन्टिनमा रहेका छन । वडा नम्बर ३ मा रहेका क्वारेन्टिनमा बिद्यालयका शिक्षकहरु रेखदेखको लागि खटाइएको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनुभयो ।
वडा नम्बर ४ मा १९ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन थ्योती माबि बबोर्टमा ७ जना रहेको र उनिहरुको रिर्पोट आज भोलीमा आउने वडा अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो साथै स्वास्थ समाग्री कमी रहेकोले भोली बाट त्यो समस्या समेत नहुने वडा अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।
यस्तै वडा नम्बर ५ मा ४२ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन सबै जना भारत बाट आएका हरु त्यहाका बिभिन्न बिद्यालयमा रहेका हुन । यस्तै वडा नम्बर ६ मा ७८ जना क्वारेन्टिनमा रहेका छन बिभिन्न ७ वटा बिद्यालयमा बनाइएको क्वारेन्टिनमा ७८ जना रहेको वडा अध्यक्ष ऋषि रेस्मीले जानकारी दिनु भयो । त्यहा रहेका सबै जनालाई आज स्वास्थ सामाग्री ,साबुन कोल्गेट लगायतका सामाग्री बितरण समेत गरेका रेस्मीले जानकारी दिनु भयो ।
यस्तै वडा नम्बर ७ मा ६० जना क्वारेन्टिनमा रहेका छन भारतबाट २५ जना सिमा क्षेत्रबाट भोली सम्ममा आउने तयारीमा रहेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनु भयो । । वडा नम्बर ८ का वडा अध्यक्ष रुकेस आले सिमानामै पुगेर स्थानियको उद्धारमा खट्नु भएको छ त्यँहा अहिले सम्म १६ जना बिभिन्न क्वारेन्टिनमा रहेका वडा अध्यक्ष आलेले जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर १० मा २४ जना रहेको वडा अध्यक्ष हिम्मत पोख्रेलले जानकारी दिनु भयो । त्यहा रहेका हरुका लागि बिभिन्न स्वास्थ सामाग्री अपुग रहेकोले त्यसको ब्यवस्थापनमा जुटेको वडाअध्यक्ष पोख्रेलले जानकारी दिनु भयो । यस्तै वडा नम्बर ११ मा ४१ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन बिभिन्न ३ वटा बिद्यालयमा रहेका क्वारेन्टिनमा ४१ जना रहेको र आउने क्रम समेत जारी रहेको वडा अध्यक्ष कपिल आलेले जानकारी दिनु भयो ।
यस्तै वडा नम्बर १२ मा ५२ जना बिभिन्न क्वारेन्टिनमा रहेका वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिनुभयो । यस्तै वडा नम्बर १४ मा बिभिन्न ७ वटा बिद्यालयमा ९० जना क्वारेन्टिनमा रहेका वडा अध्यक्ष दामोदर न्यौपानेले जानकारी दिनु भयो । क्वारेन्टिनमा बस्नेहरुको सख्या बढे सँगै ब्यवस्थापन समेत फितलो भएको छ । धेरै क्वारेन्टिनहरुमा रेखदेख गर्ने कोही छैन ।
बिहान बेलुका नगरपालिकाले खानाको ब्यवस्था गरेको छ घरबाटै खानेहरुलाई समेत दिनको १६० रुपिया मात्र नगरपालिकाले प्रदान गर्ने छ भने अन्य सबै ब्यवस्थापन आफै गर्नु पर्ने अबस्था छ । क्वारेन्टिनमा बस्नेहरुमा नास्ता तथा खानेपानीको समस्या भएको छ भने ट्वाइलेट तथा साबुन हरु एउटै प्रयोग गर्न बाध्य भएका छन ।