बुधबार बारामा ८ जना कोरोना संक्रमित थपिएका छन्। पचरौता नगरपालिकामा देखिएका ८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी समेत रहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाकारी दिए।
बाँकी संक्रमित भने भारतबाट आएका हुन्। भारतबाट आएका उनीहरूलाई क्वारेन्टिनमा राखिएको थियो। योसँगै कोरोना संक्रमितको संख्या ८ सय ५० पुगेको छ।
बुधबार बिहानै बाग्लुङका ६, रौतहटका ३५, झापाका १७ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको छ। बुधबार दिउँसोसम्म मात्र ६७ जना संक्रमित थपिएका छन्।
रौतहट, झापा र बाग्लुङका संक्रमित पनि भारतबाटै आएको खुलेको छ। उनीहरू सबै भारतबाट आएर जिल्लाका क्वारेन्टिनमा बसेका थिए। सेतोपाटीमा समाचार छ ।