सिमलपानीको क्वारेन्टाइनमा ६२ जनालाई व्यवस्थापन गरियो

 माधव प्रसाद बेल्बासे
सिमलपानी, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ सिमलपानीमा हाल सम्म भारतबाट आउनेको संख्या ६२ जना पुगेको छ । ति सबैलाई वडाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको जनाएको छ । पछिल्लो समय भारतबाट आउने नागरिकको चाप बढेसंगै क्वारेन्टाईन व्यवस्थाापनमा वडा अध्यक्ष दुर्गा विसी व्यस्त छन ।
भारतबाट आउने क्रम जारी भएसंगै थप क्वारेन्टाईनको व्यवस्थापनमा वडा कार्यालय अगाडी बढेको अध्यक्ष विसीले बताए। अध्यक्ष विसीले सुरक्षित एवं व्यवस्थित क्वारेन्टाईनको लागि अगाडी बढेको समेत रातोप्रेसलाई जानकारी दिए। आधारभूत मापदण्ड पुरा गर्ने गरी क्वारेन्टाईन व्यवस्थापनमा ध्यान दिएका छौं । उनले भने, ”पावर माविमा बस्ने व्यक्तिहरुका लागि फ्रि वाईफाईको व्यवस्था गरिएको छ। क्रमश सबै क्यारेन्टाईनमा वाईफाईको व्यवस्था गर्दै जान्छौँ ।”
क्यारेन्टाईन निर्माण तथा व्यवस्थापनमा स्थानिय जनप्रतिनिधी, विभिन्न पार्टीका प्रतिनिधी, स्वास्थ्यकर्मी, युवा, बुद्धजिवी लगाएतको सहयोग रहेकोमा धन्यवाद समेत दिएका छ्न ।
यस संकटको घडीमा यसलाई सामना गर्न सबै मिलेर सम्भव भएकाले त्यसको लागि निरन्तर साथ सहयोग आवश्यक रहेको बताए । उनले क्वारेन्टाईनमा बसेका नागरिकहरुले क्वारेन्टाईनका नियम पालन गर्न अनुरोध गरेका छ्न । सरकारकारले लागु गरेका स्वास्थ्य सम्बन्धी निर्देशन पालना गर्न अनुरोध गरेका हुन् ।
वडा अध्यक्ष विसीले अलपत्र वडाका नागरिकलाई आफ्नो मोबाइल नं. ९८५७०६९४१३ मा सम्पर्क गरी आफ्नो अवस्थाका बारेमा जानकारी गराउन समेत अनुरोध गरेका छन ।

अन्य समाचारहरु