दिपक भुसाल
चिदिका, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. १ चिदिकालाई कृषि स्पट बनाउने प्रक्रिया अघि बढेको सामाजिक अभियन्ता सुभाष ज्ञवालीले बताउनुभएको छ ।
पछिल्लो समय कोरोना भाइरस कोभीड १९ ले बिश्वब्यापी नकारात्मक प्रभाव पारिरहेको अबस्थामा यसका सकारात्मक पाटाे अर्थात सकारात्मक प्रभाव पार्ने क्षेत्रहरु केलाउदै जाने क्रममा स-साना घरेलुु तथा साना उधोग र कृषि क्षेत्र नै हो भन्ने अनुभुती भइ सकेको अबस्थामा आफू जन्मे हुर्केको ठाउँ अर्घाखाँची जिल्लाको चिदिकालाई कसरी कृषि स्पट बनाउन सकिन्छ भनी विभिन्न तौर-तरिकाबाट आफू अगाडी बढीरहेको काठमाडौं बसेर सामाजिक कार्यमा सक्रिय सुभाष ज्ञवालीले बताउनु भएको हो ।
ज्ञवाली सम्पूर्ण चिदिकालाई समेटेर एउटा बृहत समिति गठन गर्ने र साबिकका हरेक वार्डलाई समेट्न मिल्ने गरि आठ वटा उपसमिति गठन गरि व्यावसायिक कृषि गर्नुपर्ने आजको आबश्यकता रहेकोे समेत ज्ञवालीले आफ्नो धारणा राख्नुभएको छ ।
हाल चिदिकामा स्थायी बसोबास गरेका मात्रै नभई चिदिका जन्मस्थल भई हाल जुनसुकै ठाउँमा बसोबास गरिरहेका सम्पुर्ण ब्याक्तित्वलाई एउटेे समुह भित्र समाबेश गर्न आफुहरु दिनरात नभनी लागिरहेको ज्ञवालीले बताउनुभयो । अहिले बन्दाबन्दी भएको बेला सामाजिक सन्जाल मार्फत बृहत अभियान सन्चालन गर्ने र बन्दाबन्दीको अन्त्य भएपछि जग्गाको नापजाँच समेत गरि आधुनिक कृषि प्रणालीमा लाग्ने गरि आफुहरु अगाडी बढीरहेकोे ज्ञवालीले अर्घाखाँचीडट्कमलाई जानकारी दिनुभयो ।
पछिल्लो समय युबा पुस्ता पनि आधुनिक खेतीपाती तथा व्यावसायिक मौरी पालन, कुखुरा पालन , गाई पालन , बाख्रा पालन जस्ता कार्यमा आकर्षित देखिएकोले आगामी दुई बर्ष भित्र आफ्नो गाउँले मुहार फेर्ने कुरामा ढुक्क भएको अभियन्ता ज्ञवालीले बताउनु भएको छ ।
ज्ञवालीले यस कार्यमा अधिक मानिसको सहभागिता गराउने लक्ष्य लिएको र सबैजना उत्सुकता साथ लागिरहेको जनाउनु भयो । सहकारी मार्फत अगाडि बढने योजना भएको कारण यस समुहमा करिब ७०० ब्यक्तिको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहने अनुमान गरिएको बताउनु भयो ।
चिदिकामा तरकारी मात्रै नभई फलफूल , कागती , अदुवा लगायत दुग्ध क्षेत्रमा समेत राम्रो बिकास गर्न सकिने संभावना रहेको निचोडमा पुगिसकेको ज्ञवालीले बताउनु भयो । शोक लाई शक्तिमा बदले जस्तै यो विषम परिस्थितिजन्य अबस्थालाई कृषि तथा पशुपालनको क्षेत्रमा अगाडी बढने सुनौलो अबसरको रुपमा आफुहरुले लिएको जनाउनु भयो ।
यस्तै सकारात्मक तरिकाले नियालेर हेर्ने हो भने हरेक नकारात्मकता भित्र पनि सम्भावनाहरु हुन्छन भनी खोज्न आफुहरु लागिरहने प्रण गरिरहेको सामाजिक अभियन्ता सुभाष ज्ञवालीले जनाउनु भयो ।