मालारानी गाउँपालिकाले सिमामा अलपत्रपरेकालाई ल्याउने, पिसिआर किट किन्ने, फ्रन्टलाईनमा खटिने बिमा गर्‍यो

अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची जेठ १७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले क्वारेन्टाइनमा बसेकाहरुलाई पिसिआर जाचँको लागी किट खरिद गर्ने भएको छ । 
शुक्रबार सम्पन्न कार्यपालिका बैठकले क्वारेन्टाइनमा बसेकाहरुलाई पिसिआर जाचँकोलागी किट खरिद गर्ने निर्णय , क्वारेन्टाइनको सुरक्षाकोलागी स्वमसेबक परिचालन गर्ने र लकडाउनले अलपत्र परेकाहरुलाई पालिकामा ल्याई क्वारेन्टाईनमा राख्ने बताएको छ । 
सिमामा अलपत्रपरेकाहरुलाई गाडीको व्यबस्था गर्ने र पालिकाका भित्र फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी ,कर्मचारी र जनप्रतिनिधीको कोरोना बिमा गरेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनु भयो ।